logo

भारतीय लुटेरा प्रहरीको कब्जामा

      5/2/2017 गते 00 00 मा प्रकाशित     1067   पटक पढिएको

बीरगंज १९ बैशाख ।
पर्सा प्रहरीले एक जना भारतीय लुटेरालाई समातेको छ । बीरगंजको आदर्शनगरमा रहेको सिटीजन्स बैक नजिकबाट उनलाई प्रहरीले समातेको हो । समातिनेमा भारतको जलपाई  रानीगंज थाना आश्रमपरा गाउँ पंचायतका २० वर्षिय अमिर गवला रहेका छन ।  बारा जिल्लाका  जटाशंर साह बैकबाट ४ लाख रुपैया लिएर निस्कदा उनको पैसा लुटेर भाग्ने क्रममा गवला समातिएका हुन । दिउसो साढे २ बजे बैंकबाट ४ लाख रुपैया झिकेर साह निस्किएका थिए । फक्राउ परेको गवला बिरुद्ध लुटपाट अन्र्तगत मुद्धा चलाउने तयारीमा प्रहरी रहेको पर्साका प्रहरी प्रवक्ता चक्रराज जोशीले बताए  । गवलालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.