काठमाडौं । स्थानीय तहको निर्वाचनमा सहभागी नभएको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै उसले दोस्रो चरणको निर्वाचन विथोल्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
जेठ १३ देखि १९ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको गठबन्धनले १३ गते जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने छ । १४ गते लाठी जुलुस निकाल्ने जानकारी दिँदै तमलोपा अध्यक्ष महन्थ ठाकुरले गणतन्त्र दिवसका दिन १५ गते अन्तरक्रिया गर्ने र मैनबत्ती बाल्ने बताए ।
१६ गते जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी र घेराउ गर्ने, १७ गते पुनः मसाल जुलुस गर्ने निर्णय गठबन्धनले गरेको छ ।
दोस्रो चरणको निर्वाचनका लागि मनोनयन गर्ने दिन १८ र १९ गते लिम्बुवान, मधेस र थरुहट बन्दको घोषणा गरेको छ । ठाकुरले कुनै पनि हातलमा निर्वाचन गर्न नदिने पनि स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया