logo

राजपाका सह महामन्त्री अन्सारी दलबल सहित एमालेमा प्रवेश

      5/27/2017 गते 00 00 मा प्रकाशित     1281   पटक पढिएको

काठमाडौं १३ जेठ ।  नवगठित राजपाका सहमहामन्त्री तथा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समीम मिया अन्सारी एमाले प्रवेश गरेका छन् । पूर्वदेखि पश्चिमसम्मको तराईमा सञ्जाल रहेको संघर्ष समितिका सबै पदाधिकारी शनिवार एमाले प्रवेश गरेका हुन् । 

संघर्ष समिति मातहतका २ हजार २ सय कार्यकर्ता सहितको टोली शनिवार काठमाडौंको कार्की ब्याङ्क्वेटमा अयोजना गरेको कार्यक्रममा एमाले प्रवेश गरेको हो  । उनीहरुलाई एमाले  अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।  संघर्ष समितिको तर्फबाट आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा तराईका मुस्लिम समुदायको  बाक्लो उपस्थिति थियो ।

एमाले प्रवेश कार्यक्रममा बोल्दै अन्सारीले मधेसको विकासका लागि एमाले बाहेक अर्को पार्टी सहयोगी हुन नसक्ने वताए । ‘मधेसको नाम लिने तर मधेसीलाई धोका दिने पार्टी हरुको वीचमा एमाले मधेशमा बिकास र उन्नतीकोलागि क्रियाशिल रहेको बताए । उनले एमाले बाहेक पार्टीले मधेसमा विकास र उन्नती गर्न नसक्ने ठोकुवा गरे । अरुले भ्रम बाँड्छन्, एमालेले विकासका कार्यक्रम ल्याएर काम गर्छ उनले थपे । 

आफूले तराई मधेस पार्टीको माथिल्लो तहमा बसेर लामो समय काम गरेको तर एमालेले जस्तो जनताका बीचमा काम गर्न कुनै पार्टीले नसकेको अनुभव सुनाए । 

‘अहिलेसम्म हामीले हेर्यौ, मुस्लिमका मुद्दा मात्र हैन समग्र मधेसको मुद्दा उठाउने पनि एमाले नै हो’ अन्सारीले ‘तराईमा बसेर लामो समय राजनीति गरेको अनुभव छ । अब तराईमा एमालेको बिकल्प छैन ।’ पार्टी प्रवेश गर्ने सबैलाई एमाले अध्यक्ष केपी ओली र माधव नेपालले खदा ओडाएर स्वागत गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.