वीरगंज, १३ जेठ । राष्ट्रिय जनता पार्टीले शनिवार वीरगंजमा मसाल जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन गर्नु पर्ने, निर्वाचनको मिति सार्नु पर्ने, जनसख्याको आधारमा स्थानीय तहको सीमा र संख्या निर्धारण गरिनुपर्ने, मधेस आन्दोलनका बेला लगाएको मुद्धा फिर्ता लिनु पर्ने लगायतको माग गर्दै राष्ट्रिय जनता पार्टीले मसाल जुलुस निकालेको हो ।
आफना मागहरु पुरा नहुदा सम्म आफूहरु चुनावमा नजाने भन्दै सडकबाटै सघर्ष गर्ने पार्टीका महासचिव राजेशमान सिंहले बताए । पार्टीले सार्वजनीक गरेको बिरोधको कार्यक्रम अनुसार नै बीरगंजमा मशाल जुलुस प्रर्दशन गरिएको हो ।
वीरगंजको घण्टाघरबाट मसाल सहित निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा माइस्थानमा पुगेर सम्पन्न भएको थियो । मसाल जुलुसमा पार्टीका नेताहरु नेजामुद्धिन समानि, शशिकपुर मियाँ, प्रेमबाबु पटेल लगायतको सहभागिता रहेको थियो ।
पार्टीले विरोध स्वरुप भोलि १४ गते लाठि जुलुस, १५ गते अन्तरकृया, १६ गते निर्वाचन कार्यालय घेराउ र १८ र १९ गते मधेस तराई बन्द गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया