logo

अडिट "ल फम"मा राजस्वको छापा

      5/28/2017 गते 00 00 मा प्रकाशित     1748   पटक पढिएको

वीरगञ्ज, १४ जेष्ठ । वीरगञ्जको आदर्शनगरमा रहेको अडिट ल फममा राजश्व अनुसन्धान बिभाग काठमाडौंको टोलीले आज छापा मारेको छ । फमले नक्कली सादा बिल बनाएर बेच्ने गरेको गुनासो आएपछि राजश्व अनुसन्धान बिभागले केही महिना अघि देखी नै छानबिन शुरु गरेको थियो ।

छानबिनको क्रममा काठमाडौंबाट वीरगञ्ज आइपुगेको अनुसन्धान बिभागको टोलीले आज फममा छापामारी कार्यालयको कागजपत्र जफत गरी छानबिन गरेको छ । फमले बिभिन्न ब्यक्तिको नाममा फम खोल्ने तथा भ्याट नम्बरले नक्कली सादा बिल बनाई नेपालको बिभिन्न ठाउँ भैरहवा, नेपालगञ्ज, बुटवल र हाइड्रोपावर प्रोजेक्ट लगायतका प्रतिष्ठानहरुमा बेच्ने गरेको अनुसन्धानबाट खुल्न आएको जनाइएको छ ।

फमले अहिले सम्म २ सय करोडको ठगी गरेको अनुसन्धानबाट खुलेको जनाइएको छ । अनुसन्धानको टोलीले फमका कर्मचारी मध्ये वीरगञ्जबाट संतोष श्रीवास्तव र राजु बैठालाई पक्राउ गरेको छ भने काठमाण्डौबाट राजेश श्रीवास्तव पक्राउ परेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.