logo

सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा दुखी

      5/6/2017 गते 00 00 मा प्रकाशित     1375   पटक पढिएको

गुलरिया (बर्दिया), २४ वैशाख । सामाजिक सुरक्षा भत्ताबापतको रकम ३ महिना बितिसक्दा पनि नपाएका कारण वृद्धवृद्धाले गुनासो गर्न थालेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिकाका–१ देखि ५ नं वडाका वृद्धवृद्धाले अझै पनि सुरक्षा भत्ता पाउन सकेका छैनन । सरकारले स्थानीय तहको पुनःसंरचना गरेको महिना बितिसक्दा पनि जिल्ला समन्वय समितिले नगरपालिका कार्यालयको खातामा रकम उपलब्ध नगराएका कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् ।


सामाजिक सुरक्षा कार्यविधि २०७३ अनुसार गत फागुन मसान्तभित्र बाँड्नुपर्ने रकम तत्कालीन जिल्ला विकास समितिले समयमै खातामा रकम उपलब्ध नगराएका कारण र खाता बन्द भएकाले भत्ता वितरण गर्न ढिला भएको ठाकुरबाबा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुरेश सुनारले बताउनुभयो ।


सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबैको बैंक खातामा रकम जम्मा भएको सूचना एक हप्ताभित्रमा दिइने नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुनारले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.