वीरगञ्ज, १४ जेष्ठ । पूर्व निर्धारित कार्यक्रम अन्र्तगत आइतबार राष्ट्रिय जनता पार्टी नेपालले वीरगञ्जमा लाठी जुलुस प्रदर्शन गरेको छ । राजपा नेपाल पर्साका संयोजक पुरुषोत्तमलाल झाको नेतृत्वमा निस्केलको लाठी जुलुस नगरको बिभिन्न भागहरु परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले मधेसीलाई बाइपास गरी तराई मधेसमा कुनै शक्तिले चुनाव गराउन नसक्ने ठोकुवा गरेका थिए । उनले सरकारले मधेसीहरुलाई धोका बाहेक अरु केहि दिन नजानको बताएका थिए । प्रमुख तिन दलकै नियत ठिक नभएकोले मधेसी जनताले यति लामो संर्घष गर्नु परेको बताए ।
लाठी जुलुसमा राजपा नेताहरु शिव पटेल, निजामुदिन समानी, राजेशमान सिंह, प्रेमबाबु पटेल, ओमप्रकाश सर्राफ, धर्मेन्द्र पटेल, शशिकपुर मियाँ लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया