logo

शेरचनको शव काठमाडाँमा

      5/6/2017 गते 00 00 मा प्रकाशित     998   पटक पढिएको

सोलुखुम्बु, २४ वैशाख । सगरमाथा आधार शिविरमा निधन हुनुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको शव आज काठमाडौँ लगिएको छ । शनिबार साँझ आधार शिविरमा निधन हुनुभएका शेरचनको शव परीक्षणका लागि आज बिहान १० बजे लुक्लाबाट काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।


आधार शिविरबाट बिहान करिब ८ बजे तेन्जिङ हिलारी बिमानस्थल लुक्ला ल्याइएको शव फिस्टेल एयरको हेलिकम्पटरमार्फत काठमाडाँै लगिएको छ । त्रिवि, शिक्षण अस्पताल महाराजगन्जमा शव परीक्षणपछि बौद्ध परम्परानुसार अन्येष्टि गरिने बताइएको छ ।


विसं २०६५मा मा ७६ वर्षका उमेरमा तीन सय ४० दिन लगाएर सगरमाथा चढी कीर्तिमान राख्नुभएका शेरचनको कीर्तिमान २०७१मा ८१ वर्षीय जापानी युउचिरो मिउराले तोडेकाले शेरचन ८६ वर्षका उमेरमा सगरमाथा आरोहणको तयारीमा हुनुहुन्थ्यो ।


म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते सात सदस्यीय समूहसहित काठमाडौँबाट हिँड्नुभएको थियो ।
शेरचनको विसं २०७० र २०७२ मा सगरमाथा आरोहण योजना असफल भएको थियो । यस वर्ष भने अभियान सफल बनाउने बताउँदै उहाँ काठमाडाँैबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हँुदै आधार शिविर पुग्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.