logo

६ किलो चाँदी सहित सर्राफ पक्राउ

      5/7/2017 गते 00 00 मा प्रकाशित     1195   पटक पढिएको

वीरगञ्ज २४ बैशाख । वीरगञ्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले ६ किलो ८ सय ३५ ग्राम चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज उपमहानगरपालिका वडा नं १८ बस्ने सन्दीप कुमार सर्राफ रहेका छन् ।

 

सशस्त्र प्रहरीको वीरगञ्ज भन्सार राजश्व गस्ती टोलीले सीमा पारीबाट अवैध रुपमा चाँदी  भित्र्याईरहेको अवस्थामा सर्राफलाई आईतबार दिउँसो चाँदी सहित नियन्त्रणमा लिएको थियो । भारतको रक्सौलबाट वीरगञ्ज भन्सार आउँदै गरेको ना ४३ प ५ सय २ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई राखेर ल्याउँदै गरेको अवस्थामा भन्सार क्षेत्रमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक जंग बहादुर पुनको कमाण्डमा रहेको टोलीले सर्राफलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

सर्राफ चढेको मोटरसाईकल खान तलासी गर्दा अवैध रुपमा भित्र्याउँदै गरेको चाँदी फेला परेकोले सर्राफलाई पक्राउ गरिएको भन्सार राजश्वका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशिल सुवेदीले बताए ।  बरामद गरिएको चाँदी र सर्राफलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको उहाँले बताउनुभयो । चाँदीको बजार मुल्य ३ लाख रहेको अनुमान गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.