logo

वीरगञ्जमा बालबालिका गैरकानुनी श्रममा

      6/17/2017 गते 00 00 मा प्रकाशित     1252   पटक पढिएको

वीरगञ्ज, ३ असार । वीरगञ्जमा गैरकानुनी रुपमा बालबालिकालाई श्रममा लगाउने गरेको पाईएको छ । जिल्ला बाल क्लब सञ्जाल पर्साले गरेको सर्वेक्षण अनुसार वीरगञ्जमा त्यसरी श्रममा लगाईएका बालबालिकाको अवस्था एकदमै कष्टकर रहेको छ ।

बालबालिकालाई बिहानैदेखि राति अबेरसम्म काममा लगाउने तर लगाउनका लागि कपडा र उचित खान बस्न समेत नदिने गरेको भेटिएको सञ्जालले जनाएको छ । सर्वेक्षणमा वीरगञ्जमा मात्रै १ सय ३६ जना बालबालिकालाई श्रमिकको रुपमा काममा लगाइएको भेटिएका छन् ।

बालबालिकालाई श्रमिकको रुपमा राख्नु गैरकानुनी भएपनि अनुगमन गर्ने निकाय क्रियाशिल नहु“दा यहा“का होटल तथा उद्योग सञ्चालकहरुले मनपरी बालबालिकालाई काममा लगाइरहेका छन् । वीरगञ्जका विभिन्न होटल तथा उद्योगहरुले बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउने गरेका छन् ।

सबै भन्दा बढी वीरगंजको नया“ बसपार्क, माइस्थान, मुर्लि लगायतका क्षेत्रमा रहेका खाना नास्ताका साना होटलहरुमा बालबालिकालाई काममा लगाईएको भेटिन्छ । कागज उद्योग तथा अन्य उद्योगहरुमा समेत बालबालिकाहरु श्रम शोषण परेका छन् ।

त्यस्ता बालबालिकाहरुलाई श्रमशोषणबाट मुक्ति दिलाउनका लागि निरन्तर रुपमा अभियान चलाएको तथा आगामी शुक्रबारदेखि पनि विशेष अभियान चलाउने बाल क्लब सञ्जाल पर्साकी अध्यक्ष सिमरन थापाले बताईन । ‘बालबालिकालाई श्रममा लगाउनु हु“दैन भनेर बाल क्लब मार्फत सचेतनाका कार्यक्रम गरिरहेका छौं ।’ उनले भनिन् ‘यसको नियमन निकाय कृयाशिल नहु“दा समस्या यथावत रहेको छ ।’

सञ्जालमा १२ बर्ष देखि १६ बर्ष उमेर समुहका बालबालिकाहरु आवद्ध छन । उनिहरु मार्फत नै गाउ“गाउ“ सम्म बालअधिकारका बारेमा सचेतनाका फैलाउने काम भइरहेको सञ्जालका पूर्व अध्यक्ष जया साहले बताए । अझ पनि होटेल, ग्यारेज, कलकरखाना, ईटा भट्टा जस्तो ठाउ“मा बालश्रम शोषण भईरहेको पाईन्छ ।

पर्सामा बालश्रम अन्त्य गर्नेका लागी विभिन्न संघ संस्थाहरु काम गरिरहेका छन् तर विभिन्न समस्याले गर्दा बालश्रम शोषण विरुद्ध अनुगमन गर्न नसकिएको कारण बजेटको अभावले गर्दा बालश्रमको लागि श्रम कार्यालय पर्साका प्रमुख ईन्जिनयर राधेश्याम झाको भनाई छ ।

‘बाल श्रमिक छन् भन्ने थाहा छ, हामीले माथिल्लो निकायमा त्यसका लागि बजेटको माग गरेका छौं, तर प्राप्त नभएकोले अनुगमन गर्न सकेका छैनौं ।’ झाले भने ‘उद्दार गरेर पनि कहा“ ल्याएर राख्ने ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.