logo

प्रशासनको सहमति परिवारले अस्वीकार गरेपछि वीरगञ्ज–पथलैया ठप्प

 इसीमाना सम्वाददाता     २०८३ भदौ ५ गते ०३: २७ मा प्रकाशित     290   पटक पढिएको

सीमरा । स्थानीय प्रशासनले सडक खुलाउन स्थानीय प्रतिनिधि र राजनीतिक दलका व्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतक परिवारले उक्त सहमति अस्वीकार गरेपछि समस्या झन् जटिल बनेको छ। 

परिवारलाई जानकारी नै नदिई गरिएको सहमति आफूहरूका लागि मान्य नहुने मृतकका बाबु मनोज चौधरीको बताएका छन।

 

मनोजले आफ्नी तीन वर्षीया छोरीमाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन र दोषीमाथि कठोरतम कानुनी कारबाही नभएसम्म आन्दोलन नरोक्ने बताएका छन्। उनले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयं आएर कानुन संशोधन तथा यस्ता घटनामा कडा सजाय सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुपर्ने मागसमेत अघि सारेका छन्।

 

उनको मुख्य माग दोषीलाई मृत्युदण्ड दिनुपर्ने रहेको छ। नेपालमा मृत्युदण्डको कानुनी व्यवस्था नरहेकाले परिवारको यो माग मूलतः विद्यमान कानुनी व्यवस्थामाथि असन्तुष्टि र कडा सजायको मागका रूपमा आएको छ।

प्रशासनको सहमति, परिवारको असहमति

घटनापछि सुरु भएको आन्दोलनमा स्थानीयवासीले प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाएका थिए। विशेषगरी इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको कार्यशैली र सम्भावित लापरबाहीबारे छानबिन तथा जिम्मेवार प्रहरी अधिकारीको सरुवाको माग उठेको थियो।

 

डीएसपी दिलीप क्षेत्रीको सरुवापछि प्रशासन र स्थानीय प्रतिनिधिबीच पाँचबुँदे सहमति भएको थियो। तर, उक्त सहमति मृतक परिवारको प्रत्यक्ष सहमतिबिना मध्यरातमा गरिएको भन्दै परिवारले त्यसलाई अस्वीकार गरेको हो।

 

मनोज चौधरीले छोरीको न्यायका विषयमा आफूलाई नै जानकारी नदिई अरूसँग गरिएको सहमतिले पीडित परिवारको पीडा र अधिकारलाई बेवास्ता गरेको बताए। यही असहमतिकै कारण प्रशासनले आन्दोलन अन्त्य गराउने प्रयास गरे पनि सडक खुल्न सकेको छैन।

 


स्थानीयवासीको भनाइ भने सडक अवरुद्ध गरेर सर्वसाधारणलाई दुःख दिने उद्देश्य नभएको तर पीडित परिवारको सहमति र न्यायको सुनिश्चितताबिना आन्दोलन अन्त्य गर्न नहुने भन्ने छ।

 

एक स्थानीयका अनुसार सडक सञ्चालनमा आउनुपर्ने पक्षमा आफूहरू पनि रहेको तर त्यसअघि प्रशासनले मृतक परिवारसँग प्रत्यक्ष संवाद गरी सहमति कायम गर्नुपर्ने आवश्यकता छ।

 


अहिलेको गतिरोधको मूल कारण सडक अवरोधभन्दा पनि पीडित परिवारले राज्यको न्यायिक प्रक्रियाप्रति विश्वास गर्न सक्ने वातावरण बन्न नसक्नु हो। प्रशासनले सुरक्षाकर्मी परिचालन गरेर सडक खुलाउनेभन्दा परिवारसँग प्रत्यक्ष संवाद, अनुसन्धानको पारदर्शिता र दोषीमाथि कानुनी कारबाहीको स्पष्ट प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

 

 

वीरगञ्ज–पथलैया सडकखण्ड लामो समय अवरुद्ध हुँदा सर्वसाधारण, यातायात व्यवसायी र उद्योग–व्यवसायमा असर पर्ने निश्चित छ। तर, सडक खुलाउने नाममा पीडित परिवारलाई बेवास्ता गरिए आन्दोलन थप चर्किन सक्ने जोखिम पनि उत्तिकै छ।

 

त्यसैले अहिले प्रशासनसामु तत्काल सडक खुलाउने मात्र होइन, गरिमा चौधरीको परिवारलाई न्याय प्रक्रियामाथि विश्वास दिलाउने चुनौती खडा भएको छ। पीडित परिवारको सहभागिताबिनाको सहमति र बल प्रयोगबाट खोलिएको सडकले तत्काल यातायात सञ्चालन गराउन सक्ला, तर घटनाबाट उठेको आक्रोश र न्यायको प्रश्न भने त्यसैगरी टुंगिने देखिँदैन।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.