logo

पर्सा प्रहरी प्रमुख भट्टराईको इन्टीग्रीटीलाई इप्रका पटेर्वाका इन्सपेक्टर अधिकारीको चुनौती, घुमुवाहरु नजराना असुल्न ब्यस्त रहेको आरोप

 इसीमाना सम्वाददाता     २०८३ भदौ २ गते ०२: ४२ मा प्रकाशित     867   पटक पढिएको

बीरगंज । गत बिहिवार मोटरसाइकलमा सुगौलीबाट दक्षीण तिर हुइकिएका एक जना चौधरी थरका युवा पटेर्वा सुगौलीको देउरियाबाट पक्राउ परे । 
उनलाई हुलाकी राजमार्गमा बहुवरी भन्दा अगाडि रहेको चेकपोष्टका प्रहरीले पक्राउ गरेका हुन्छन ।

 

पटेर्वा सुगौलीको वडा नं २ निवासी लागु औषध गाँजाका एक जना कुख्यात तस्करले प्रहरीसंग सेटिङ्ग मिलाएपछि चौधरी युवा, गाँजा बोकेर भारतीय सीमा तिर जादा पक्राउ परेका हुन । 


इालाका प्रहरी कार्यालय पटेर्वाका प्रहरी घुमुवा ललन मण्डल र उनको समुहले त्यस क्षेत्रका गैरकानूनी कार्य संचालन गर्नेहरुसंग मासिक नजराना बुझ्ने गरेको स्थानीयको आरोप छ ।

 

वडा नं २ का गाँजा तस्करसंग पनि नजराना लिएर माल पास हुन दिने सहमती पछि गाँजा बोकेर हिडेका चौधरी युवालाई मण्डलकै सूचनाको आधारमा हुलाकी राजमार्गमा रहेको पोष्टका प्रहरीले पक्राउ गरेको कुरा पटेर्वा तिर चिया चर्चामा बडो गरम ढंगले बहस हुने गरेको छ । 

 


प्हरीले चौधरी यवालाई गाँजा र मोटरसाइकल समेत आफनो नियन्त्रणमा लियो तर आवश्यक कारवाहीकोलागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएन । पक्राउ परेका युवालाई प्रहरीले कुटपीट पनि गर्यो ।

 

उनको शरीरका केही हड्डीहरु भाँच्चिएका छन । गाँजाको कारोवार गर्ने ति कुख्यात तस्करलाई  चौधरीको यस पटकको पक्राउ प्रकरण भने महंगो परेको चर्चा छ ।

 

पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयका इन्सपेक्टर समुन्नत अधिकारीले मोटो रकम नजराना लिएर ति चौधरी युवालाई आफ्नो कस्टडी बाट मुक्त गरेका छन । मोटो नजराना भने हजारौमा रहेको स्थानीयको दावी छ । 

 


तर  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक अधिकारीले कुनै ब्यक्तिलाई त्रफाउ नगरिएको र कुनै रकम लेनदेन समेत नभएको प्रतिक्रिया दिएका छन । 


पर्साका प्रहरी प्रमुख पवन भट्टराईले पर्साका पत्रकारहरुलाई साक्षी राखेर प्रहरीको इन्टीग्रीटीलाई कायम राख्ने जनताको प्रश्नबाट माथि राख्ने प्रतिवद्धता जनाईरहेका बेला मातहतका प्रहरी अधिकृतले भने उनको भनाईलाई चुनौती दिइरहेका घटनाहरु सार्वजनीक भइरहेका छन ।

 

ति गाँजा तसकर पटेर्वाका घुमुवाका कारण यति आजित भएका छन की उनीहरुको सरुवाकालागि हजारौ रकम खर्च गर्न उनी तयार रहेको बताउछन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.