भारतपुर । चितवनको भरतपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। भरतपुर महानगरपालिका क्षेत्रमा रहेको एक रिसोर्टमा बालिकामाथि जबरजस्ती करणी भएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका २८ वर्षीय सन्देश भट्ट घटना पछि फरार छन्। उनको खोजीका लागि प्रहरीले विभिन्न स्थानमा निगरानी बढाउनुका साथै सम्भावित स्थानमा खोजतलास गरिरहेको जनाएको छ।
प्रारम्भिक विवरणअनुसार बालिकालाई रिसोर्टमा लगेर जबरजस्ती करणी गरिएको आरोप छ। घटनाबारे जानकारी पाएपछि प्रहरीले पीडित बालिकाको बयान तथा अन्य प्रमाण संकलन गर्ने प्रक्रिया अघि बढाएको छ।
घटनाको वास्तविक अवस्था पत्ता लगाउन प्रहरीले घटनास्थलको निरीक्षण, सम्बन्धित व्यक्तिसँग सोधपुछ तथा उपलब्ध प्रमाणहरूको परीक्षण गरिरहेको जनाएको छ। आरोपी फरार रहेकाले उनको खोजीलाई प्रहरीले प्राथमिकतामा राखेको छ।
फरार आरोपी पक्राउ परेपछि घटनाको थप विवरण खुल्ने अपेक्षा गरिएको छ। प्रहरीले आरोपीको खोजी जारी राखेको छ भने घटनाको अनुसन्धानसमेत भइरहेको छ।
हर्कोतर्फ आफ्नै छोरीलाई बलात्कार गर्ने एक बाबुलाई चितवन प्रहरीले पक्राउ गरेको छ । ४५ वर्षका ती पुरुषले १९ वर्षकी छोरीलाई धम्की दिएर बलात्कार गरेको प्रहरी सामु स्वीकार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार बाबुले जबरजस्ती करणी गरेको निवेदन दिन छोरी स्वयं प्रहरी कार्यालय पुगेकी थिइन् ।
जापान बस्दै आएका ति पुरुष नेपालमा रहेकी छोरी बिरामी भएपछि उपचार गराउन ८ महिना अघि नेपाल आएका थिए । उनी केही समयमा जापान फर्किने तयारीमा रहेको बयानमा उल्लेख गरेका छन ।
प्रहरीका अनुसार बाबू छोरी मात्रै घरमा बस्थे । गत साउन २८ गते रक्सी सेवन गरेका उनले धम्की दिएर छोरीमाथि जबरजस्ती करणी गरेको किशोरीले निवेदनमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।
भदौ ४ गते प्रहरीले ती पुरुषलाई पक्राउ गरको हो ।
तपाईको प्रतिक्रिया