logo

लाचार प्रशासन , सीडीओको निर्णय कागजमै सीमित, रात्री बस व्यवसायीको पेसा संकटमा

 इसीमाना सम्वाददाता     २०८३ भदौ २ गते ०६: ०० मा प्रकाशित     113   पटक पढिएको

बीरगंज । वीरगंजबाट चल्ने इभी गाडीको संख्या ह्वात्तै बढेको छ । यातायात ब्यवस्था कार्यालय वीरगंजमा मात्रै ५ सय भन्दा बढी इभी गाडीहरु दर्ता भएका छन ।

 

यात्रुको चाप र आवश्यकता ख्यालै नगरि राजसव असुल्नकै निम्ति इभी गाडीको दर्ता सीमा बिहिन भएको भन्दै ब्यवसायीहरुले नै आक्रोश ब्यक्त गर्न थालेका छन ।


इभी गाडीको संख्या यति बढ्यो की ४/५ जना यात्रु बोकेर हिडनु परेको भन्दै एक संचालकले गुनासो गरे । ऋण गरेर इभी किनेर स्वरोजगार बन्न हिडेको  यति धेरै गाडी भएकी लागत उठन  पनि समस्या भएको उनको भनाई छ ।

 

वीरगंजबाट भरतपुर, काठमाण्डौ रुटमा चल्ने इभी , टाटा सुमो, यात्रुबाहक बस  रात्री बस सबैको कारोवार संकट पैदा भएको बेलामा अस्वस्थ प्रतिस्पर्धा समेत बढेको छ । यो खाले प्रतिस्पर्धाले सबै ब्यवसायीलाई समस्यामा पारेको छ ।

 

 गत वर्ष बैशाख २२ गते पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सरोकारवालाको संयुक्त बैठकले केही महत्वपूर्ण निर्णय गरेको थियो ।

 

ति निर्णयहरु पालना नहुदा यात्रुलाई सेवा दिने नाममा अराजकतापूर्ण गतिबिधि बढेको भन्दै ब्यवसायीहरुले  गुनासो गरेका छन । त्यो बैठकले सार्वजनीक सवारी साधनहरु अनिवार्य रुपमा नयाँ बसपार्क टर्मिल भित्र बाट संचालन हुनु पर्ने र बसपार्क बाहिरका अवैध टिकट काउन्टरहरु बन्द गर्न ट्राफिक प्रहरी वीरगंज महानगर स्वयं ब्यवसायीहरुले आवश्यक ब्यवस्था मिलाउने निर्णय भएको थियो ।

 

 बसपार्क क्षेत्रमा हुने अनावश्यक भिडभाड हटाउने यात्रुहरुको झोला थुत्ने जस्ता अभद्र ब्यवहार गर्नेहरुलाई कारवाही गर्ने, बसपार्क बाट छुटने दिवा सेवाका गाडीहरु दिउसो २ बजे काउन्टरबाट प्रस्थान गर्ने निर्णय भएको देखिन्छ ।

 

संघीय सरकारले कमीटमेन्ट गरेर इम्लिमेन्ट नगर्ने जुन प्रवृति देखिएको छ त्यही प्रवृति स्थानीय प्रशासनमा पनि देखिएको भन्दै ब्यवसायीले दिक्दारी ब्यक्त गरेका छन । तर निर्णय भएको करिब चार महिना बितिसक्दा पनि उक्त व्यवस्था व्यवहारमा पूर्ण रूपमा लागू हुन सकेको छैन।

 



लामो दूरीको यातायात सञ्चालन गर्दै आएका व्यवसायीहरूका अनुसार दिउँसो र रात्री सेवाको समय व्यवस्थापन स्पष्ट भए व्यवसायीले आफ्नो सेवा सोहीअनुसार योजना बनाउन सक्छन्।

 

 तर प्रशासनले समयसीमा तोकेर निर्णय गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा लामो समयदेखि रात्री सेवा सञ्चालन गर्दै आएका व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

 


हिजो दैनीक ३ वटा रात्री गाडी चलाउने ब्यवसायीहरु अहिले दुई दिनमा मुस्किलले एउटा गाडी चलाउने अवस्थामा आइपुगेका छन । खर्च पनि उठाउन मुस्किल छ बैकको किस्ताको कुरै छाडौ ति ब्यवसायीले भने “अवस्था यस्तै रहयो भने बस ब्यवसायीहरु निकै ठुलो संकटमा पुग्ने स्थिति छ ” ।

 

दिवा सेवाका सवारी साधनहरु बेलुका ७ बजे सम्म चल्ने गरेकाले वीरगंजका होटेलहरुका ग्राहक पनि कम हुदै गएको होटल ब्यवसायीले जनाएका छन । निर्णय गर्ने तर त्यसको कार्यान्वयन नगर्ने प्रवृतिका कारण प्रणालीको बिकास हुने भन्दा पनि बिग्रदै गएको देखिन्छ ।

 

 पर्साका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएको बैठकको निर्णय कार्यान्वयन नहुने र त्यसको जवाफदेशी कसैले नलिने हो भने त्यसता निर्णयको अर्थ नरहने र त्यसले बेथिति मात्रै बढाउने निश्चित छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.