logo

मानव अधिकार वर्षपुस्तकको समिक्षा सम्पन्न

      6/29/2017 गते 00 00 मा प्रकाशित     1838   पटक पढिएको

बीरगंज १५ असार । नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ कालागि पर्सा जिल्लामा भएका मानव अधिकार उल्लंघन सम्बन्धी घटनाको बिषयमा अद्र्धवार्षिक समिक्षा गोष्ठी बिहिवार असार १५गते बीरगंजमा सम्पन्न भएको छ । गोष्ठीमा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले १०१७ को जनवरी देखी जुन सम्मका घटनाहरुका बिषयमा प्रकाश पारेका थिए । ६ महिनाको अवधीमा हत्याका ५ ,मानव बेचबिखनका २ बलात्कार प्रयास ३ बलात्कारका ६ बहुबिवाह २, शरीर बन्धक तथा अपहरणका १ घटनाहरु दर्ज भएको बताएका थिए । जिल्लामा बलात्कारका घटनाहरुमा १५ वर्ष भन्दा कम उमेरका वालिकाहरु पीडित भएको उनले बताए । बेचबिखनमा रोजगारको खोजीमा रहेका युवा महिलाहरु पर्ने गरेको उनले बताए । उनले घरेलुहिंसा बढदै गएर हत्यामा पुगेका घटनाहरु प्रकाशमा आएको बताए । कार्यक्रममा अधिवक्ता हरेराम सर्राफले मानव अधिकार उल्लंघनाका घटनाहरु राज्यका संयन्त्रमा दर्ता भएभन्दा बढी रहेको चर्चा गरे । उनले त्यस्ता घटनाहरु वर्ष पुस्तककमा अभिलेखीकरण गर्नकालागि इन्सेकले आफनो क्षमता बढाउनु पर्नेमा जोड दिए ।  उनले तथाकथीत तल्लो जातका भनिने समुदायका वालवालिकाको जन्मदर्ता समेत नभएको र उनीहरुले यस बारेमा सूचना समेत नपाएको बताए । उनले नागरिकको आर्थिक सामाजिक तथा सास्कृतिक अधिकार उपभोगको अवस्था निर्माणमा साधक हुनु पर्ने राज्यनै बाधक भएर देखा परेको बताए । अधिकारको उपभोगको बतावरण बनाउनुको साटो राज्यले बनाएका प्रक्रियाहरुले झन बाधा सृजना गरेको उनको भनाई छ । उनले बलात्कारका घटनाहरु कतियप अवस्थामा बदला लिने मनोबिज्ञानबाट प्रेरीत हुने देखिएकोले राम्रो अनुसन्धान हुनु पर्नेमा जोड दिए । कार्यक्रममा पर्साका डिएसपी चक्रराज जोशीले  नागरिकको मानव अधिकार रक्षा गर्न पर्सा प्रहरी कटीवद्ध रहेको बताए । शून्य सहनशीलता ,नो भ्रष्टाचार र मानव अधिकारको रक्षा पर्सा प्रहरीको महत्वपूर्ण अभियान रहेको उनको भनाई थियो । राज्यको फ्रन्टलाईनमा बसेर जनताको जीउधनको सुरक्षामा लागेको प्रहरीसंग मानव अधिकार रक्षा गर्ने दायीत्व पनि त्यतीकै रहेको उनले बताए । उनले प्रहरीको ब्यवहारबाट मानव अधिकार रक्षा हुनु पर्ने बताए । उनले प्रहरी संगठन भित्र पनि मानव अधिकार सेल रहेको र त्यो सेलले सबै प्रहरी कर्मचारीकालागि मानव अधिकार सम्बन्धी हाते पुस्तिकाको ब्यवस्था गरेको बताए । पर्सामा बलात्कारका घटनाहरुमा वालिकाह्रु बढी पीडित भएको पाइएको उनले बताए । उनले  महिलासंग सम्बन्धीत बिषयलाई सम्बेदनशील रुपमा हेर्ने र छिटो सेवा दिने गरिएको बताए । उनले कतिपय अवस्थामा छलछाम गर्ने र छक्याउने गरि मुद्धाहरु आउने गरेको आफनो अनुभव रहेको बताए । उनले समाजमा उक्साउने र हतोत्साही गर्ने दुबै पक्ष समाजमा क्रियाशिल रहेको बताए । राज्यको शक्ति बन्दुक गोली सबै प्रहरीसंग भएकोले मानव अधिकार उल्लंघन प्रति प्रहरी जिम्मेवार छ तर अर्को पक्षबाट भइरहेको आक्रमणका क्रममा प्रहरीले घुडा कता छ भनेर हेर्न कठिन हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस युनियनका केन्द्रीय सदस्य बिजय कुशवाहा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष अमर गौतम,नेपाल मानव अधिकार  संगठन पर्साका सचिव शिवनाथ यादव सामाजिक अभियान्ता प्रकाश थारु पत्रकारहरु बिजय भण्डारी सुरेश बिडारी प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष निरज पिठाकोटे मगर महिला अधिकार मंचकी राजकुमारी उपाध्याय लगायतले आफनो मन्तब्य ब्यक्त गरेका थिए । उनीहरुले इन्सेकले वर्षपुस्तकको समिक्षा गरेर राम्रो काम गर्ने गरेको बताए । मानव अधिकारका बिषयमाहरुमा जिम्मेवार निकायसंग छलफल हुने गरि इन्सेकले छलफल गर्ने गरेकोमा सहभागीहरुले प्रशंसा गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.