logo

आत्मआलोचना भन्दै आफनै श्राद्ध गरे शर्माले 

      7/4/2017 गते 00 00 मा प्रकाशित     1171   पटक पढिएको

हेटौडा २०  असार र श्राद्ध सम्झने वित्तिकै वितेका आफन्तलाई स्मरण गर्दै गरिने एउटा पवित्र कार्यको रुपमा बुझिन्छ । कसैले आफ्नै श्राद्ध गर्यो भन्ने सुन्दा विश्वास गर्ने कुरा पनि होइन । तर भयो त्यस्तै ।  आज मंगलबार हेटौँडा २ मा पहिलो चरणको स्थानीय चुनावमा मेयर पदमा उम्मेदवारी दिएर पराजित ४७ वर्षका राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका छन् । यसअघि नेपालका नाम चलेका नेता ,६०१ सभासद र नेपालको सम्बिधान २०७२ को श्राद्ध गरिसकेका राकेशकुमार शर्माले आफ्नै श्राद्ध पनि गर्न भ्याए ।    यसअघि २०७२ को संविधान मरिसकेको भन्दै श्राद्ध गरेका शर्मालेयही संविधान अनुसार २०७४ वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा हेटौँडाको मेयर पदमा उम्मेदवारी दिएका थिए । निर्वाचनमा उनले जम्मा ३ मत प्राप्त गरेका थिए ।    संविधान मरेको घोषणा गर्ने आफूले नै निर्वाचनमा उम्मेदवारी दिएकोमा आत्म आलोचन गर्दै आफ्नो श्राद्ध गरेको उनले बताए  आफू जिवितै रहँदा श्राद्ध गर्ने प्रचलन रहेको समेत उनको भनाई छ ।  बर्दिया गुलरिया नगरपालिका–६ का बासिन्दा उनी गएको दुई वर्षदेखि हेटौँडामा बस्दै आएका छन ।  उनको श्राद्ध पण्डित डिकनाथ पौडेलले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.