logo

चारकोसे झाडीमा एक युवाको हत्या, आर्थिक खेलमा परेको प्रहरी पत्तो छैन भन्छ 

      7/16/2017 गते 00 00 मा प्रकाशित     1379   पटक पढिएको

बीरगंज १ साउन । 
मकवानपुर र पर्साको वीचमा रहेको चाकोसे झाडीमा जीन्दगीले मृत्युवरण गर्दा लाशका सौदागरहरु उन्मुक्त हाँसो हाँसीरहेका छन । नागरिकको सुरुक्षाको जिम्मा लिएर बसेको प्रहरीले फगत केही रकमप्रतिको आशक्तिमा मृत्युको बिनिमय गरिरहेको छ । अपराधीहरु झन झन अपराधका बरदातलाई अन्जाम दिदै छन । प्रहरी जागेको  त छैन जागे झै गरेको छ । पर्साको पटेर्वा गाउँपालिकाको एउटा वडा सोनवर्षासंग जोडिएको जंगले क्षेत्रमा जेठ १७ गते एक युवाको हत्या भयो । चितवन जिल्लाको पहाडी क्षेत्रका २१ वर्षका ति युवा प्रजा थरका हुन । पटेर्वा सुगौली गाउँका गाँजाका ठुलो कारोवारी सुरज राउत अहिरको गाँजा मकवानपुरको पाहाड बाट बोकेर ल्याउने भरिया मध्यका ति प्रजालाई जंगलमा कुटपीट गरेर मारिएको स्रोतको दावी छ । भर्खर मात्र बिवाह गरेका प्रजा बिरामी थिए । बिरामी भएकै अवस्थामा उनलाई गाँजा बोकेर पर्साको पटेर्वा आउनु पर्ने भयो । वीच जंगलमा चुरे डाडाको दक्षीण फेदीमा अप्ठेरो भएपछि उनले भारि बिसाएका थिए । बिरामी रहेका कारण गा¥हो भएर गाँजा बोक्न नमानेका प्रजालाई सुरज राउतको टोलीले कुटपीट गरेको थियो । कुटाई पछि ज्यानै जोगाउन गाँजाको भारि बोकेका ति युवा केही समय हिडेपछि बेहोस भएका थिए । उनलाई अहिरको टोली लुगींको स्टेचर बनाएर सोनवर्ष भन्दा माथिको पातलवाघाट लगेको थिए । पटेर्वाबाट मोटरसाइकलमा केही मान्छेहरु त्याहा पुगेका थिए । ति युवालाई उपचारकोलागि मोटरसाइकलमा राखेर लान खोज्दा उनको मृत्यु भइसकेको थियो । अहिरको टोलीले प्रजालाई तयही जंगलमा खाल्डो खनेर गाडेको स्रोतको दावी छ । अहिरले चितवको बिकट पाहाडी क्षेत्रमा घर भएका प्रजाको परिवारलाई आफना त्यस क्षेत्रका कामदारहरु मार्फत डेढलाख रुपैया दिएर कतै केही नभन्न भन्दै धम्क्याएका छन । कतै भने गाँजाको केश भएकोले उजुर वाजुर नलाग्ने भन्दै चुप बस्न भनेका छन । अहिरको यो काममा मकवानपुरको लोथर तिरका सेठ र रामकुमार भन्ने मान्छे लागेका छन । यता आफनै कार्य क्षेत्रमा मान्छेलाई मारेर गाड्दा समेत पटेर्वा इलाका प्रहरी कार्यालय र सो मातहतका प्रहरीचौकी बेखवर भएको नाटक गरिरहेका छन । औपचारिक रुपमा थाहा नभएको नाटक गर्ने प्रहरीलाई घटनाको सबै इतिबृतान्त भने थाहा छ । गाँजाको आयात बापत प्रति बोरा आर्थिक नजराना लिने गरेको छ । प्रहरीले १ किलो गाजा आएको थाहा पाउदा मान्छेको ज्यानै गएको कुरा थाहा नपाउने कुरै हुदैन । पटेर्वा सुगौलीका प्रहरी निरिक्षक महेश बस्नेतले भने घटनाका बिषयमा आफूलाई थाहा नभएको र आफू काहा कुनै उजुरी नपरेको बताए ।उनले उजुरी नपरि काहा के भएको छ थाहा नहुने बताए । उनले जिल्लामा पनि उजुरी नपरेको बताए ।  अपराधकर्ममा लागेका मान्छेहरुको संगतमा प्रहरी परेपछि न्याय मर्दै गएको स्थानीयको गुनासो छ । प्रहरी मेरो साथी खुवै चलेको भएपनि त्यसले आम नागरिकको पहुचमा प्रहरी नपुगेको बाठा र अपराधकर्म गर्नेहरुको स्वागत र सत्कारमा प्रहरी भूलेको उनीहरुको बुझाई छ । प्रहरीका हरैया रंगपुर पटेर्वा  सेढवा लगायतका चौकीहरुले गाँजाका तस्करहरुसंग प्रति बोराका दरले रकम असुल्ने गरेका छन । उनीहरुको रकम प्रतिको यही मोहका कारण चार कोसे झाडीमा धेरैले मृत्यु अंगालेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.