वीरगंज १० साउन । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले जनताको दुःखमा साथ दिएकोले नेपाली जनताले एमाललेलाई ठुलो पार्टी बनाएको बताउनु भयो । उहाँले जनताको हितमा रहेकोले जनताले एमालेलाई माया गरेको दावी गर्नु भयो ।
नेकपा एमाले वीरगंज महानगर कमिटीले नेशनल मेडिकल कलेज वीरगंजमा आयोजना गरेको नगर स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले निर्वाचन लोकतन्त्रको प्राणबायु भएको बताउदै राजपालाई पनि चुनावमा सहभागि हुन अपिल गर्नु भयो ।
नेता नेपालले देशको विभिन्न प्रदेशहरुमा नेकपा एमाले जसरी एकताबद्ध भएर बिजय हासिल गरेको छ त्यसैगरी वीरगंज महानगरपालिकामा पनि एकताबद्ध भएर पार्टीलाई जिताउन कार्यकर्ताहरुलाई निर्देशन दिनु भयोे ।
नेकपा एमाले सरकारमा रहेको बेला कृषि आधुनिकरण परियोजना, जनता आवास कार्जक्रम, बृद्धबृद्धाको लागि भत्ताको व्यवस्था, निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल, फास्ट ट्रयाक लगायतका कामहरु गरेकोले जनताले एमालेलाई विश्वास गरेको बताउनु भयो ।
सो अवसरमा नेपाली काँग्रेस, माओवादी केन्द्र, राजपा लगायतका विभिन्न पार्टी परित्याग गरी करिब ५० जना नेकपा एमालेमा प्रवेश गरेका थिए । रामाधार प्रसाद चौरसिया, हरिशंकर महतो, हिरा साह तुरहा, सनु राउत कुर्मी, प्रभात चौरसिया, संजय पटेल, संदिप चौरसिया, संदिप पटेल, बिरनारायण चौरसिया लगायत नवप्रवेशीहरुलाई पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले टिका लगाएर स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी बसरुदिन अन्सारी लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम महानगर संयोजक उसमान अन्सारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताहरुको उलेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया