काठमाडौं १० साउन, । महानगरीय ट्राफिक महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल आएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डीआईजी मिङमार लामालाई हटाएर खनाललाई पठाएका हुन् । लामालाई भने केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा पठाइएको छ ।
अपराध महाशाखाबाट सरुवा भएपछि एसएसपी खनाल आईजीपीको कार्यालयमा थिए । हालै भएको एसएसपी बढुवा सिफारिसमा खनाल पहिलो नम्बरमा थिए । खनालले आफू आजैदेखि कार्यालयमा हाजिर भएको बताए ।
जहाँ जहाँ आफ्नो पदस्थापन हुन्छ, त्यहाँ त्यहाँ उत्कृष्ट नतिजा देखाएर सर्वसाधारण, समाज र स्वयं प्रहरी संगठनको मन जित्दै
आएका खनाललाई सबैले आशाको नजरले हेर्छन । खनालको ट्राफिक महाशाखाको कार्यकाल पनि त्यही कोटीमा रहेको छ । ट्राफिक जामको सास्ती भोगेका यात्रुले खनालको आगमनसंगै महाशाखाप्रति ठूलै आशाको नजरले हेरेका छन् । आशाका ति नजरहरुलाई विस्वासमा परिणत गर्न खनाल सफल हुनु पर्ने अवस्था छ।
तपाईको प्रतिक्रिया