logo

नेता नेपालद्धारा महानगर निर्वाचन परिचालन कार्यालयको उद्धघाटन

      7/24/2017 गते 00 00 मा प्रकाशित     1240   पटक पढिएको

वीरगंज ९ साउन । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले वीरगंज महानगरपालिका निर्वाचन परिचालन कार्यालयको आज एक समारोहका बिच उदघाटन गरेका छन।
पार्टीका नगर संयोजक उसमान अंसारीको सभापतित्वमा आयोजित एक भव्य समारोहका बीच वीरगंज पानीटंकी नर्सि· होममा निर्वाचन परिचालन कार्यालयको उदघाटन नेता नेपालले गरेका हुन । २ नं। प्रदेशको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेको निर्वाचन अभियानलाई तिब्र बनाई रहेको बेला बरिष्ठ नेता नेपाल आज वीरगंज आएका हुन  । पूर्व प्रधानमन्त्री समेत रहनु भएका बरिष्ठ नेता नेपालले साउन १० गते पार्टीको नगरस्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  
सो अवसरमा पार्टीका पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी, सांसद्हरु बिचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारु, रामचन्द्र साह, जुनैद अंसारी, पार्टी पर्साका संयोजक प्रभु हजरा, निवर्तमान संयोजक चिरञ्जीवी आचार्य, दिनेश राई, मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय उपाध्यक्ष बाबुजान अली, एमालेका नेता एवं नेशनल मेडिक कलेजका एमडि बसरुदिन अंसारी, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु शेख, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, किशोरी कुशवाहा, ध्रुव कुशवाहा, प्रेमा पौडेल, प्रभा खडका, पप्पु साह लगायतका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.