logo

निर्माण कम्पनीका कारण बीरगंजको दुर्दशा,छिटो काम सक्न मंत्रीको निर्देशन

      7/28/2017 गते 00 00 मा प्रकाशित     2116   पटक पढिएको

साउन १३ बीरगंज ।
शहरी विकास मन्त्री प्रभु साहलाई बीरगंजका स्थानीयले निर्माण कम्पनीका ठेकेदारले बेलैमा काम सम्पन्न गर्न चासो नदेखाएको भन्दै गुनासो गरेका छन । उनीहरुले काम बेलैमा गर्न नपरोस भन्नकालागि ठेकेदार कम्पनीलेनै केही ब्यक्तिलाई भाडामा लिएर समस्या सृजना गर्ने गरेको समेत उनीहरुले मंत्रीलाई जानकारी गराए ।स्थानीय जनताको कुरा सुनेपछि शहरी विकास मन्त्री प्रभु साहले बीरगंजमा निर्माणाधिन योजनाहरुमा ढिलाइ कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। वीरगन्जमा निर्माण भइरहेका विभिन्न योजनाहरुको कार्यान्वयन निरीक्षण गरेपछि मन्त्री साहले यस्तो बताएका हुन्।

शुक्रबार निर्माणसंग जोडिएका सरोकारवाला निकायहरुलाई निर्देशन दिँदै मन्त्री साहले ठेकेदारको इच्छाअनुसार निर्माण योजनालाई 
 तलमाथि गर्न नपाइने कुरामा ध्यान दिन निर्देशन दिए । निर्माण कम्पनीहरुले काममा ढिलाई गरेर त्यसबापतको रकम आफनो अन्य काममा लगाउने गरेका छन । जस्को कुप्रभाव अहिले बीरगंजको बिकासमा देखा परेको छ ।
बीरगंजमा ३ सय करोड भन्दा बढीको एडिबीको आर्थिक सहयोगमा बीरगंजमा संचालित मझौला शहर, एकिकृत शहरी बातावरण सुधार योजना ,एकिकृत भंसार चेकपोष्टको निर्माण, ५० करोड लागतको निर्माण हुदै गरेको फोहर मैला व्यवस्थापन केन्द्र र एकिकृत भन्सार चेकपोष्ट सम्म निर्माण हुने ६ लेन सडकको मंत्री साहले स्थलगत अवलोकण गरेका थिए ।  सबै परियोजनाहरुको लागत ७ अर्व हुन आउछ । निर्धारित समय भन्दा १ वर्ष ४ महिना बढी समय लागे पनि निर्माणको काम सम्पन्न भएको छैन । औसतमा अझै पनि २० प्रतिशत निर्माणको काम बाँकी रहेको छ भने परियोजनागत रुपमा हेर्दा ६ लेनको सडक निर्माणको काम भंसार क्षेत्र खण्डमा शुरु समेत भएको छैन । 

योजना कार्यान्वयन गर्नेहरुको कमजोरी र ठेकेदार कम्पनीको लापारवाहीले निर्माण योजनाहरुमा ढिलाइ हुने गरेको गुनासो लाई मंत्री साहले गम्भिर बिषय भन्दै कुनै पनि हालतमा काममा हुने बिलम्ब स्वीकार्य नरहेको बताए । मंत्री साहले नीतिगत निर्णयको आवश्यकता परेमा र तदनरुपको बजेट चाहिएमा सरकारले निर्णय गर्ने स्पष्ट पार्दै निर्माणको गती बढाउन निर्देशन दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.