logo

बलात्कार आरोपमा प्रहरी द्वारा तीन जना पक्राउ

      7/11/2017 गते 00 00 मा प्रकाशित     1053   पटक पढिएको

असार २७ गते बीरगंज ।
जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणी गरेको अभियोगमा  बीरगंज महानगरपालिका वडा नं १९ इनर्वाबाट तीनजनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा ३० वर्षिय महम्मद तैयब हुसैन,२९ वर्षिय नुरुल होदा र ३० वर्षिय महम्मद तबरेजलाई प्रहरीले पक्राउ गरेको हो ।
बारा जिल्लाको जीतपुर सीमरा नगरपालिका बस्दै आएकी २२ बर्षिया एक महिलालाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले उनीहरुलाई असार २७ गते दिउसो गिरफ्तार गरेको हो । भारतीय कारागारमा रहेका आफना पती भेट्न काखेवालक लिएर निस्केकी ति महिलाको जीतपुर देखी बीरगंज आउदा टेम्पोमा तैयवसंग चिनजान भएको थियो । तैयवले ति महिलालाई फकाएर आफनै घर लगेका थिए । उनलाई तैयवकै घरमा जर्वजस्ती गरिएको प्रहरीले जनायो । २६ राती उनीसगं जर्वजस्ती भएपछि पीडित महिलाले २७ गते पर्सा प्रहरीमा उजुरी गरेकी प्रहरी प्रवक्ता डिएसपी चक्रराज जोशीले बताउनु भयो  ।
     प्रहरीले पीडतको निवेदन दर्ता गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । आरोपीहरुले पीडित महिलासंग रहेको २५ हजार भरतीय रुपैया समेत लुटेको प्रहरी प्रवक्ता जोशीले बताउनु भयो । पीडित महिलाको आजै बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परिक्षण गराइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.