logo

भौतीक संरचना छ तर हस्तान्तरण नहुदा समस्या ः निगरानी समुह

      7/8/2017 गते 00 00 मा प्रकाशित     1403   पटक पढिएको

बीरगंज २४ असार /अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्ला मानव अधिकार निगारनी समुहको आयोजनामा  परियोजना सम्बन्धमा जिल्ला स्तरीय परियोजनाको परामर्श बैठक असार २४ गते नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा सम्पन्न भएको छ ।
     जिल्ला बिकास समिति पर्साका सामाजिक बिकास शाखाका अरविन्द सिंहको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकले संचालन गरेको कार्यक्रमका बिषयमा छलफल भएको थियो । कार्यक्रममा मानव अधिकार निगारानी समुह मधुवन मथौलका अध्यक्ष दिनेश तिमिल्सीनाले गाउँ आफूहरुले गर्दै आएको कामको बारेमा प्रकाश पारेका थिए । उनले समुहले खाद्य,शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारले ग्रामीण तहसम्म उपलब्ध गराएको सेवा सुविधा स्थानीय जनताले उपभोग गर्न पाए नपाएको बिषयमा आफूहरुले निगरानी गर्ने गरेको बताए । उनले निगरानीको अर्थ सेवा दिने र सेवा लिने वीच पूलको काम गर्ने अर्थमा बुझ्न समेत आग्रह गरे । उनले ग्रामीण स्तरमा स्वास्थ्य संस्थामा जनशक्तिले तोकेको समय अवधि सम्म काम नगर्ने ,औषधीहरुको उपलब्धता प्रभावकारी नहुने कृषकहरुको लागि स्तरीय बिउ सुलभ मलखाद र कृषिकर्मको बिषयमा प्राविधिक जानकारीको अभाव रहेको  बताए । त्यस्तै जिल्ला मानव अधिकार निगारानी समुह पसार्का अध्यक्ष तवरेज अहमदले स्वास्थ्यको क्षेत्रमा भौतीक संरचनाहरु बनेका तर ति हस्तान्तरण नभएर ग्रामीण बासिन्दाले प्रभावकारी स्वास्थ्य सेवा नपाएको बताउ ।  उनले त्यस्ता संरचना हस्तान्तरणको बतावरण बनाउन समुहले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको बताए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत सचिदाननद सिंहले अहिले समस्याहरु रहेको स्वीकार गर्दै अव नयाँ संरचनामा गएपछि समस्याहरु हल हुने बिश्वास ब्यक्त गरे । जिल्ला शिक्षा कार्यालय पर्साका स्रोत ब्यक्ति नेपालेन्दु साहले शिक्षा क्षेत्रमा राज्यले दिएको सेवालाई प्रभावकारी कार्यान्वयनकोलागि सहयोगी भूमिका निर्वाह गरेकोमा इन्सेक र सुमहलाई धन्यवाद दिए । बिद्यालयहरुमा  अझै पनि समस्याहरु रहेको स्वीकार गर्दै उनले अव स्थानीय निकायको मातहतमा जाने भएपनि शिक्षालयहरु पनि जिम्मेवार र जवाफदेह हुने वतावरण बन्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाल बार एशोसिएशन पर्साका सचिव हरेराम सर्राफ ,जिल्ला मताधिकार मंच पसार्का सचिव निला राम इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछाने नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी  नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बिजय कुशवाहा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष निरज पिठाकोटे मगर लगायतले आफनो मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन जिल्ला स्तरीय मानव अधिकार निगरानी समुह पर्साका सचिव समशुल हवारीले गरेका थिए । कार्यक्रममा मानव अधिकार कर्मी ,सेवाग्राही तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.