बीरगंज १२ साउन ।नेपाल भारत सहयोग मंचका राष्ट्रिय अध्यक्ष अशोक कुमार वैद्यको नेतृत्वमा श्रीलंकन राजदुत महामहिम डब्लु.एस परेरा संग भेटघाट भएको छ । भेटघाटमा विश्व हिन्दु परिषद नेपालका सम्पर्क प्रमुख सुनिल कुमार चौधरी र स्तम्भकार रणधीर चौधरीको पनि सहभागिता थियो । मिथिला–अवध संस्कृती संरक्षण परिषदले गर्न गइरहेको रामायण सर्किट विषयमा दुई दिने कार्यशाला गोष्टीमा भाग लिन महामहिमलाई निमन्त्रणा दिइएको छ । रामायण सर्किटको
चर्चा गर्दा अयोध्या र जनकपुर मात्र होइन श्रीलंकामा पनि आउने गर्दछ । गोस्वामी तुलसी दासजीले पनि रामायणमा आधा भन्दा बढी श्रीलंका को ब्याख्या गरेका छन । यो त्रिदेशीय रामायण सर्कीट हुंदा तीन देश वीच धार्मिक पर्यटनको बिकासले गति लिने अध्यक्ष बैद्यको बिश्वास छ । राजदुत डब्लु.एस परेराले यसलाई सकारात्मक रुपमा लिएको बैद्यले बताए । राजदुतलाई बीरगंज र जनकपुर भ्रमणको निमन्त्रणा
पनि गरिएको उनले बताए । आगामी महिनामा बीरगंज र जनकपुर भ्रमण गर्ने महामहिमले आश्वासन दिएको अध्यक्ष बैद्यको भनाई छ ।
तपाईको प्रतिक्रिया