बीरगंजमा एडीवीको सहयोगमा एकिकृत मझौला शहरी सुधार आयोजनाले ड्रेनेजको निर्माण गर्दै छ । ड्रेनेज निर्माणको क्रममा शहरभरि बाटोहरु खनिएको छ । जसले गर्दा अहिले अविरल वर्षाका कारण खाल्डोहरु पुरिएको छ । निर्माण भएका नालाहरु थुनिएका कारण समस्या आएपछि अव डोजरको सहयोगमा जाम भएको नाला सफा गर्दै पानीको निकास खोज्ने काम भइरहेको छ ।
तपाईको प्रतिक्रिया