बीरगंज १९ साउन ।निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमल नारायण दासले निर्वाचन क्षेत्र निर्धारणका लागि आयोगले १८ घण्टा काम गरिरहेको जानकारी दिनु भयो । आयोगले बीरगंजमा क्षेत्र निर्धारण सम्बन्धमा आयोजना गरेको सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २१ दिन भित्रमा काम सकिसक्नु पर्ने भएकोले सबै जनताको बीचमा पुग्ने बनीभूत रुपमा सुझाव लिने काममा आयोग सक्षम नभएको उहाँले जानकारी दिनु भयो ।उहाँले सम्बैधानिक दायरामा रहेको अति राम्रो आधारमा टेकेर बिवादलाई अति क मगर्ने गरि आयोगले काम गर्ने प्रतिवद्धता जानउनु भयो । उहाँले बिवादलाई न्यूनतम बिन्दुमा पु¥याउन आयोगले काम गर्छ उहाँले भन्नु भयो बिवादरहित हुन्छ भन्ने कुरा हामी भन्दैनौ ।उहाँले सम्बिधान लेख्ने सभासदहरुले सम्बिधानले गरेको ब्यवस्था अध्ययन नगरि निर्वाचन क्षेत्र निर्धारणको सन्दर्भमा टिपपणी गर्ने गरेको सुनाउनु भयो । पर्साका नागरिक अगुवाले भने पर्सा जिल्लामा अव निर्वाचन क्षेत्र निर्धारण गर्दा पूर्व पश्चिम गरेर निर्वाचन क्षेत्र बनाउनु पर्ने सुझाव दिएका छन । निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारणकालागि सुझाव संकलन गर्न आयोजना गरिएको कार्यक्रमका सहभागिहरुले यस्तो सुझाव दिएका हुन । यस भन्दा अगाडि भएका पाँच निर्वाचनमा पर्सामा उत्तर दक्षीण गरेर निर्वाचन क्षेत्र निर्धारण गरेको थियो । उत्तर दक्षीण गरि बनाइएको निर्वाचन क्षेत्रको लामो अभ्यास पछि अव पूर्व पश्चिम गरेर निर्वाचन क्षेत्र निर्धारण गर्न ससझाव दिइएको हो । पर्सा क्षेत्र न ं २ सभासद बिचारी यादवले बीरगंज महानगरलाई सबै क्षेत्रमा पार्ने गरि निर्वाचन क्षेत्र बनाईनु पर्ने बताउनु भयो । कार्यक्रममा सहभागिहरुले निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रमुख आधार मान्न सुझाव दिएका छन । उनीहरुले सम्बैधानिक ब्यवस्थाको आधारमा हरेक जिल्लालाई एक निर्वाचन क्षेत्र निर्धारण गरेपछि रहने निर्वाचन क्षेत्र भने जनसंख्याको आधारमा निर्धारण गर्नु पर्ने सुझाव उनीहरुले दिएका छन । जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा भएको कार्यक्रममा आफनो सुझाव दिदै समाजशास्त्रका प्रध्यापक बिरेन्द्र साहले जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्ने र त्यसको आधारमा प्रदेश सभाको संख्या दोब्बर गर्ने भनिएको प्रति प्रष्ट पार्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका सभासद रामचन्द्र साह,पर्सा संयोजक प्रभू हजरा,डा.बिश्म्भर मनोज चोधरी ,शर्मा,नेपाली कांग्रेसका रामनारायण कुर्मी दिन गुप्ता,पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे राजपाका शशीकपुर मिया संघीय समाजवादी फोरम पर्साका प्रवक्ता रामनरेश यादव नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछाने अधिवक्ता देवेन्द्र सिंह किसुनदेव साह माओवादी केन्द्रका पिएल श्रेष्ठ,छोटेलाल यादव अमित गिरी लगायतले आ आफनो सुझाव ब्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया