logo

बलात्कार आरोपमा थारु गिरफ्तार

      8/5/2017 गते 00 00 मा प्रकाशित     987   पटक पढिएको

०७४ साउन २० गते ।  पर्साको पटेर्वा सुगौली गाउँपालिकामा एक  बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ।
पटेर्वा सुगौली गाउँ पालिका वार्ड नम्बर ३ सङ्कर सरैया सखुवनियाका   ३५ वर्शिय दायानन्द राउत थारुले सोही स्थान बस्ने आफ्नै छिमेकी एक चौध वर्षिया बालिका लाई बलात्कार गरेको  आरोप लागेको हो ।
बालिकाको आमा गएको बिहिबार  मामा घर गएको र  घरमा कोहि नभएको मौकामा थारुले ति वालिकालाई बलात्कार गरेका हुन । थारुले इकडा (एक प्रकारको खर ) ले बारेको भित्तोमा भत्काएर घर भित्र पसेर जर्वजस्ती बलात्कार
 गरेको पीडित पालिकाले बताएकि छिन । मामा घरबाट आमा आएपछि पीडित बालिकाले शनिवार आमालाई घटना बारे बताएपछि पीडिक बिरुद्ध 
 आमा र बालिकाले शंकर सरैयामा रहेको प्रहरी चौकी उजुरी दिएका छन । उजुरीको आधारमा प्रहरीले बलात्कारको आरोप लागेका थारुलाई गिरफतार गरेको छ । उनलाई घरबाटै गिरफतार गरिएको इलाका प्रहरी कार्यालय पटेर्वाका प्रहरी निरिक्षक महेश बस्नेतले जानकारी दिए । थारुलाई आवश्यक अनुसन्धानकोलागि  जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक महेश बस्नेतले जानकारी बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.