logo

मधेसमा रहको सामन्तले मधेशीहरुलाई शोषण गरेका छन — एमाले नेता यादब

      8/5/2017 गते 00 00 मा प्रकाशित     1262   पटक पढिएको

बारा, २१ साउन ।
नेकपा एमाले बाराले आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गरेर जिल्लाका १५ वटै स्थानीय तहमा कार्यकर्ता भेला, प्रशिक्षण तथा जन भेलाको आयोजना गरेको छ । यसै क्रममा  एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)ले नितनपुरमा श्रमिक सभाको सम्पन्न गरेको छ । सभालाइ सम्बोधन गदै एमाले केन्द्रिय सदस्य तथा सांसद लालबाबु यादबले मधेसमा रहका सामन्तले यहांका मधेशीहरुलाई शोषण गरेको दाबि गरे । उनले  यहांका मसिहा भनाउदाहरुले आफनो स्वार्थकालागि शोषित,पिडीत र गरीब जनतालाइ भ्रममा पार्ने काम मात्र गरेको भन्दै तराइ मधेसमा उत्पिडनमा रहेका जनताको मुक्तिकालागि एमाले सधै लडिरहेको बताए ।
एक अर्केा प्रसंगमा माओवादीले फेरि समग्र मधेश र एक प्रदेशको मुद्धा व्युताउने र अंगीकृत नागरिकलाई कार्यकारी बनाउने विवादास्पद एजेन्डा अघि सार्न खोजेको भन्दै सबैलाई सचेत रहन आग्रह गरे । मधेशलाई स्रोतसाधनबिहिन बनाउने अनि पूर्वपश्चिम एउटै प्रदेश बनाएर जनतालाई अधिकार दिन होइन, दुख दिन र दिग्भ्रमित बनाउने चाहनाले यस्तो काम गरेको उनले प्रष्ट पारे ।  एमाले कुनै हालतमा बहुराष्ट्रियता स्वीकार्दैन नेता यादवले भने अमेरिका र भारतभन्दा लामो राष्ट्रियताको इतिहासलाई सम्मान गर्दै बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक अवस्थालाई सम्मान गर्दै एमाले अघि बढछ  । 
जिफण्ट प्रदेस नम्बर २ कि संयोजक मन्ज ुथापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य दिनेश राई एमाले बारा अध्यक्ष सुन्दर विक, एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल,जिल्ला सचिवालय सदस्यहरु कमलेस झा,बिध्या थापा,समग्र उधोग ट्रेड युनियनका उपाध्यक्ष अमृतलाल श्रेष्ट,महासचिब आनन्द थामि,एमाले जितपुर सिमराका अध्यक्ष कृष्ण खनाल,तरक चिमोरिया,अमर यादब,संजय पटेल  गीता भण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए  । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.