logo

५ वर्षपछि पुनः एमालेमा फर्कने तयारीमा रामचन्द्र झा

      8/9/2017 गते 00 00 मा प्रकाशित     1270   पटक पढिएको

काठमाडौं, २५ साउन : पार्टी छोडेको पाँच वर्षपछि नेता रामचन्द्र झाले एमाले प्रवेश गर्ने तयारी थालेका छन् । उनी २०६९ जेठमा एमाले छोडेर माओवादी प्रवेश गरेका थिए । बाबुराम भट्टराईसँगै माओवादीबाट अलग भएपछि उनी नयाँ शक्तिमा थिए । तर उनले नयाँ शक्ति छोड्ने निश्चित भएको छ । “अहिलेसम्म छोडी नै सकेको त होइन,” नेता झाले भने, “अब छोड्ने मनस्थिति बनाइसकेको छु ।” नयाँ शक्ति छोडेर पछि उनी पुरानै पार्टी एमाले फर्कनका लागि छलफलमा छन् । यो विषयमा एमालेका विभिन्न स्तरका नेताहरूसँग छलफल गरिरहेका छन् । नेता प्रदीप ज्ञवालीले झाको घरफिर्तीको विषयमा छलफल चलिरहेको पुष्टी गरे । करीब चार÷पाँच महिनादेखि झालाई एमाले फर्काउन दुई नम्बर प्रदेशका केही नेताहरूले प्रयास शुरू गरेको उनले बताए । पछिल्लो समय भने केन्द्रीय नेताहरूले पनि नेता झासँग भेटेर छलफल गरेका छन् । “चार÷पाँच महिना अगाडि जनकपुरकै साथीहरूले पहल थाल्नुभएको हो,” नेता ज्ञवालीले भने, “अहिले केन्द्रीय नेतृत्वमा पनि केही छलफल भएको छ । तर उहाँ आउने नआउने निश्चित भने भएको छैन ।” नेता झाले पनि एमाले नेताहरूसँग विभिन्न पटक अनौपचारिक छलफल भएको स्वीकार गरे । ‘छलफल त भइरहेको छ, उनले भने, “अनौपचारिक छलफल भएको छ, तर अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।” आफूले उठाएको मुद्दामा एमाले उदार भए आफू एमाले फर्कन तयार रहेको उनले बताए । “एमालेबाट राजनीति गर्न मलाई पनि सहज हुन्छ,” उनले भने, ‘म फर्किए हुन्थ्यो भने उहा”हरूको पनि चाहना छ । तर, चाहनामात्रै भएर भएन नि । मुद्दामा उहाँहरू छलफल गर्नै चाहनुहुन्न । यसै त म फर्कन्न ।” नेता झालाई पार्टीमा फर्काउन सके प्रदेश सभाको निर्वाचनमा पार्टीलाई ठूलो शक्ति मिल्ने एमालेको आंकलन छ । एमालेमा हुँदा झा मधेशबाट प्रतिनिधित्व गर्ने सबैभन्दा प्रभावशाली र वरिष्ठ नेता थिए । मधेशमा राम्रो प्रभाव र छवि भएका कारण झा पार्टीमा फर्किए प्रदेश सभा निर्वाचन लड्न सहज हुने एमाले नेताहरूको बुझाइ छ । झासँग अहिले पनि ठूलो संख्यामा कार्यकर्ता रहेको हुँदा स्थानीय निर्वाचनमा पनि उनले साथ दिए केही स्थानको परिणाम प्रभावित गर्न सक्नेछन् । झा भने पार्टी मधेशका मुद्दामा उदार हुनुपर्ने अडानमा छन् । “म यसै झोलाझिम्टी बोकेर पार्टी फर्कने होइन,” उनले भने, “विचारको कुरा हो । मैले जुन विचार लिएर हिजो छोडेको थिए”, त्यो छोड्न सक्दिन” । तर, पार्टी उदार हुन्छ भन्ने फर्कन पनि सक्छु ।” दोस्रो संविधान सभाको निर्वाचनअघि मधेशका मुद्दामा एमाले अनुदार बन्दै गएको आरोप लगाउँदै झासहित एमालेका केही नेताहरूले पार्टी छोडेका थिए । यसको केही अघि जनजाति मुद्दामा अनुदार भएको भन्दै अशोक राई लगायतका नेताहरूले पार्टी परित्याग गरेका थिए । झा भने माओवादी प्रवेश गरेका थिए । बाबुराम भट्टराईले माओवादी छोडेपछि झा पनिसँगै निस्किए । यसपछि उनी नयाँ शक्ति अभियानमा लागे । तर, नयाँ शक्तिले स्थानीय निर्वाचनमा सफलता हासिल गर्न नसकेको र पार्टी निर्माणको दिशामा बलियो ढंगले अगाडि बढ्न नसकेको कारण उनी सन्तुष्ट हुन सकेनन् । नयाँ शक्ति बसाईको अवधिमा भट्टराईसँग घनिष्टता बढ्नुको साटो दूरी बढ्दै गयो । अन्ततः उनी पार्टी छोड्ने निष्कर्षमा पुगे । उनीसँगै एमाले छोडेका मधेशी केही नेता कार्यकर्ता एमाले फर्किरहेका छन् भने अन्य पार्टीका कार्यकर्ता पनि एमाले प्रवेश गरिरहेका छन् । राजपाको कोषाध्यक्ष समेत रहेकी अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ एमाले प्रवेश गरेका छन् । झा निकटका मिथिला संस्कृतिविद् तथा कलाकार रमेशरञ्जन झा पनि केही समयअघि एमाले फर्किएका थिए । मधेशका विभिन्न ठाउँमा पनि अरू पार्टीका कार्यकर्ता एमाले प्रवेश गरिरहेका छन् । वीरगञ्जमा बसरूद्धिन अन्सारी, लाहानका मुन्नीलाल साह, राजविराजका सुखीराम यादव लगायतका व्यक्तिहरू एमाले प्रवेश गरेका छन् । उनीहरूसँगै अरू केही कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्, जसमा नेता रामचन्द्र झासँगै एमाले छोडेका कार्यकर्ताको संख्या उल्लेख्य छ । झासँगै एमाले छोडेका कार्यकर्ता पार्टीमा फर्किएको हुनाले उनलाई एमाले नेताहरूसँग छलफल गर्न सहज भएको छ । झासँग महासचिव ईश्वर पोखरेल, नेता ज्ञवाली लगातयका नेताहरूले छलफल गरिरहेका छन् । पूर्वमहासचिव माधवकुमार नेपालले पनि उनीसँग केहीपटक कुराकानी गरेका छन् । एमाले अध्यक्ष ओलीसँग भने अहिलेसम्म भेट नभइसकेको झाले बताए । सेतोपाटी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.