logo

जनताबाट निर्वाचित नेता तस्करको संरक्षणमा,राज्य सयन्त्र भन्दा मरिचका तस्कर बलिया

      7/3/2018 गते 00 00 मा प्रकाशित     2495   पटक पढिएको

वीरगंज, १८ असार ।
मरिच तस्करीका मुख्य नाइके भनिएका अनिल पटवारी हालसम्म फरार रहेका छन् । गत जेठ २१ गते वीरगंजको मुख्य नाकाबाट भारततर्फ लैजान लागिएको १२ मैट्रिक टन मरिच उनैको भएको रहस्य खुलीसकेको कारणले गर्दा उनी भूमिगत भएको बताइन्छ । 


मरिच तस्करी गरेको अभियोगमा ग्लोबल लेदर टेनिङ इन्डष्ट्रिज प्रा.ली. का सञ्चालक संजय अग्रवाल सहित भन्सार एजेण्ट दिलीप श्रीवास्तव र ट्रक चालक भारतीय नागरिक धर्मेन्द्र कुमारलाई हिरासतमा राखिएको भएतापनि मुख्य आरोपी अनिल पटवारी (अग्रवाल) नै रहेकोले उनी भूमिगत भएका हुन् । 


संजय अग्रवाल पटवारीका आफ्नै काका का छोरा हुन । सोझा– संजयको नाममा कम्पनी बनाए। विगत लामो समयदेखि सुपारी र मरिचको तस्करी गर्दै आएका अनिल पटवारी छोटो अवधिमै एक हजार करोड भन्दा बढीको सम्पति कमाउन सफल भएका छन् । 


लामो समयदेखी सुपारी लगायतका अन्य बस्तुको अनधिकृत कारोवार गर्दै आएका पटवारीले राज्यको कर छली गरेर  केही महिना भित्र आदर्शनगर एरियाभित्र सय करोड भन्दा बढीको सम्पति  खरिद गरेको व्यापरीहरुबीच चर्चा छ । संघीय समाजवादी फोरमका नेताहरुसंग अचेल बढी हिमचिम बढाएका पटवारी फोरमकै नेताको संरक्षणमा काठमाण्डौंमा रहेका छन  ।

 

जनताबाट निर्वाचित नेताले बाडेको अनेकौ सपना भताभूङ हुदै गएका छन । अझ ति नेता कर झली गरेर मुलुकलाई टाट पल्टाउने तस्कारको संरक्षणमा लागेको सून्दा उनका मतदाता समेत निराश बनेको छन ।

 

उता अनिल पटवारीका भाई संजय अग्रवाललाई राजश्व अनुसन्धान विभागले थुनेर तीन करोड ७६ लाख ८० हजार धरौटी मांगेको र सो बराबरको रकम तिर्न नसक्दा संजय हाल हिरासतमै रहेका छन् । उनलाई छुट्याउन पटवारीले कुनै कुनै पहल नगरेपछि संजयका साथीहरु मनोजदास र विष्णु अग्रवालले संजयलाई छुटाउन आवश्यक सहयोग गरीरहेकोले निकट भविष्यमै संजय धरौटी राखेर छुट्ने संभावना छ । 


सुपारी र मरिचका कुख्यात तस्कर अनिल पटवारीलाई जोगाउन संघीय समाजवादी फोरमका नेताहरु र वीरगंज उद्योग वाणिज्य संघ न्वारनको बल लगाएर लागि परेको छ । 


वीरगंज भन्सारबाट हुने तस्करी कार्यका मुख्य योजनाकार मध्ये एक भन्सार अधिकृत उद्धव ढुङ्गानालई हालसम्म कुनै कारवाही नगरिएकोमा व्यापारीहरु आक्रोशित भएका छन् ।

 

मरिच पास गराउने भन्सार अधिकृत हहुन ढुङगाना  । तर ढुङगाना अनुसन्धानको दायरमा पनि नआएको र उनले उन्मुक्ति पाएको भन्दै बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष तथा प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले सार्वजनीक मन्चहरुमै कुरा उठाउदै आएका छन । 

 

गत जेठ २१ गते वीरगञ्जको मूल नाका  भएर भारततर्फ जान लागेको भारतीय नम्बरको ट्रकमा १२ मेट्रिकटन मरीच बरामद भएको थियो । 

अग्रवाल मुख्य सञ्चालक रहेको ग्लोबल लेदरले भारतको कानपुरस्थित मेरिट एक्जिमलाई छाला पठाउने भनिएको ट्रकमा मरीच फेला परेको थियो ।


ग्लोबल लेदर टेनिङ इण्डष्ट्रिज प्रालिका सञ्चालक अग्रवाललाई राजस्व बिभाग काठमाण्डौले थुनामा पठाएको छ । मरिचको अवैध कारोवारको बिषयमा बयान दिन काठमाण्डौ गएका अग्रवालसंग बिभागले धरौटी माग गरे पछि उनी थुनामा पुगेका हुन ।

 

बिभागले अग्रवालसंग ३ करोड ७६ लाख ८० हजार रुपैयाँ घरौटी मागेको थियो । धरौटी रकम तिर्न नसकेपछि बिभागले उनलाई असार ७ मा थुनामा पाठाएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.