वीगन्ज । पूर्व नापी कर्मचारी संजय ठाकुरलाई पर्सा प्रहरीले काठमाण्डौको शान्तिनगरबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा ठाकुरविरुद्ध विश्वासघात तथा ठगीसम्बन्धी कसुरमा २०८२ असोज ४ गते मुद्दा दर्ता भएको थियो।
सोही मुद्धाको अनुसन्धानकालागि उनलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर मल्लले जानकारी दिए ।
उनलाई बुधबार पर्सा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
बीरगंज स्थित नबिल बैक , पुजन होटल , एनआईसि एसिया बैंक , सुनिल गुप्ता , श्री लाल रौनियार , बैजनाथ गुपता , उमेश चन्द्रनेपाल स्काईलाइन मल लगायतका जग्गासम्बन्धी विवादमा नाम जोडिएका पूर्व नापी कर्मचारी ठाकुरलाई पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको हो।
तपाईको प्रतिक्रिया