logo

छापा डाँका शैलीको, परिणाम शून्य - इन्सपेक्टर अधिकारीको असफलता

 इसीमाना सम्वाददाता     २०८३ भदौ २९ गते ०२: ५४ मा प्रकाशित     139   पटक पढिएको

वीरगंज । भदौ २५ गते राती साढे २ बजे इलाका प्रहरी कार्यालय पटेर्वाका इन्सपेक्टर समुन्नत अधिकारीको नेतृत्वमा  एक घरमा गैरकानूनी  छापामारी गरियो ।

 


पटेर्वा सुगौली गाउँपालिकाको वाड न ४ को पटेर्वाका सुरज यादवको घरमा छापामारी गरिएको थियो । मध्यरातमा गरिएको छापामारीबाट प्रहरीले अवैध बस्तुहरु त फेला पारेन सुरज यादव र उनका छोरा सुभाष यादवलाई पक्राउ गरेर लग्यो । 

 

घरका प्रवेशद्वारहरुका ताल्चा फोरेर भित्र प्रवेश गरि गरिएको छापामारीबाट पक्राउ परेका दुईजना मध्य छोरा सुभाष यादवलाई अधिकारीले पथरैयामै छोडे र बाबु सुरज यादवलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाए ।

 

प्रहरीले यादव बिरुद्ध अदालतमा मुद्धा रहेको  जनाएको थियो । तर दुई वर्ष अगाडी नै त्यो मुद्धा फरफारक भइसकेको थियो । तर प्रहरीले अगत कट्टा नभएको दलील पेस गर्दै आफूलाई प्रतिरक्षात्मक बनाउन बाध्य भयो ।

 

प्रहरीले सुरज यादवलाई स सम्मान घर पठायो । पटेर्वाका इन्सपेक्टर अधिकारीले गरेको भदौ २५मा गरेको छापामारीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १८ अनुसार सामान्य अवस्थामा घरको खानतलासी सूर्योदयदेखि सूर्यास्तभित्र गर्नुपर्छ भन्छ। रातमा गर्ने छापामारी अपवाद मात्रै हो, जब प्रमाण नष्ट हुने, भाग्ने तत्कालीन खतरा छ। यो प्रकरणमा अपवादको अवस्था थिएन ।

 

यदि मध्यरातमा  नै छापा मार्नुपर्ने त्यस्तो इमर्जेन्सी थियो भने, त्यो कारण अनुसन्धान फाइलमा लेखिएको हुनुपर्छ। तर यादव बिरुद्ध अनुसन्धान गर्नु पर्ने त्यस्तो फायल नै रहेनछ । प्रहरीले खानतलासी पूर्व आफ्नो खानतलासी दिनु पर्ने कानूनी प्रवन्ध छ तर  यि कुनै प्रक्रिया पुरा नगरी गैरकानुनी काम गरिएको छ ।

 

इन्सपेक्टर अधिकारीको  प्रक्रियागत त्रुटिका कारण उनको नेतृत्व असफल र असक्षम देखा पर्यो ।  फिल्डमा उनको असफलताको गाथाको भरपाई भने  जिल्ला प्रहरी कार्यालय पर्सा सम्मले दिनु पर्ने अवस्था बन्यो । 

 

अझ छापामारीमा इन्सपेक्टर अधिकारीले आफनो श्रीमती समेत लगेका छन । उनको श्रीमती माथि बृद्ध महिलासंग नराम्रो ब्यवहार गरेको आरोप समेत लागेको छ ।

 

हतियार बोकेर एक्शनमा जादा “सभिलियन”को प्रयोगलाई निको मान्ने प्रचलन छैन । यसकारण पनि प्रहरीको छापामारीलाई “डाँकाशैलीका ेछापा” भनेर भनिएको आरोपलाई गलत सावित गर्ने आधार त इन्सपेक्टर अधिकारीले नै दिनु पर्छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.