logo

प्रदेश सरकारले मृतक परिवारलाई तत्काल ५० हजार सहयोग दिने

      7/4/2018 गते 00 00 मा प्रकाशित     857   पटक पढिएको


जनकपुरधाम, २०आषार  । बाढीबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं. २को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । 


केही दिन यताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नं. २मा हाल सम्म २ जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णयगरिएको  हो ।

 

बाढीका कारण गत मंगलवार पर्सा जिल्लाको पर्सा गढी गा.पा. वडा नं. ८ रमौली बस्ने प्रतिमा राम र सुरेन्द्र महतोको मृत्यु भएको हो ।


पर्साको पर्सागढी नगरपालिकाको वडा नम्बर ४ मा पर्ने फन्ठी खोलामा गत सोमवार डुबेर कक्षा ९ मा अध्ययन गर्ने छात्रा प्रतिमा रामको मृत्यु भएको थियो भने उनिसंगै डुबेर बेपत्ता भएका कक्षा ९ मै पढने छात्र सरेन्द्र मण्डलको मंगलबार विहान शव बरामद भएपछि मर्नेको संख्या दुई पुगेको हो । 

 


पर्सागढी नगरपालिका–८ निवासी जाँदोलाल साहकी छोरी प्रमिला र बाराको कलैया उपमहानगरपालिका दोहरी निवासी बुधन मण्डलका छोरा सुरेन्द्रको शव परिक्षण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भएको प्रहरी नायब उपरिक्षक सत्यनारयाण थापाले जानकारी दिए । पर्साको हरपुरमा रहेको मामा घरमा रही मृतक मण्डल नेरा मावि बर्वाछटैलीमा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ ।


यसैवीच  बाढीका कारण मृत्यु भएकाहरुको परिवार प्रति मुख्यमन्त्री लालबाबु राउतले हार्दिक सम्वेदना समेत व्यक्त गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.