logo

गादीमा महिलाको पाठेघरको क्यान्सरको निशुल्क  परिक्षण सम्पन्न

      7/4/2018 गते 00 00 मा प्रकाशित     933   पटक पढिएको

बीरगंज २० असार । 
बि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरुले महिलाहरुको पाठेघरको क्यान्सरको बुधवार चेक जाँच गरेको छ ।

 

पटेर्वा सेगौलीको वडा नं २ मा रहेको स्वास्थ्य चौकीमा गादीका १ सय ९५ महिलाको स्वास्थय परिक्षण भएको हो । परिक्षणमा केहीमा पाठेघरको मुखको क्यान्सर भएको पाइयो केहीमा आङ खसेको पाइयो केहीको घाउले ग्रसित भएको पाइएको शिविरको आयोजक सोही वडाका वडाध्यक्ष बिजय गैरेले बताए । 

 


क्यान्सर अस्पतालका चिकित्सकको उपस्थितिमा महिलाको पाठेघरको स्वास्थ्य परिक्षण पर्सा जिल्लामै पहिलो पटक भएको हो । पर्साको ग्रामीण क्षेत्रमा निर्वाचित जनप्रतिनिधिको बिशेष पहलमा यस्तो शिविर भएको हो ।

 

आफनो वडाका महिलाहरुको स्वास्थ्यको बिषयमा जनप्रतिनिधिले लिएको चासोका कारण क्यान्सर आङ्ग खस्ने र घाउ भएको कुरा पत्ता लागेको हो । पत्ता लागेका रोगी महिलाहरुलाई उचित परामर्श दिएर उपचारको पहल गरिने वडाध्यक्ष बिजय गैरेले बताए ।

 

परिक्षणमा समस्या देखिएका महिलाहरुको उपचार काहा हुन्छ ? त्यस बिषयमा जानकारी लिएर उहाँहरुलाई त्यही पठाउने तयारीमा आफू लागेको वडाध्यक्ष गैरेले बताए । 
परिक्षणमा सहभागि महलिाहरुकालागि स्वास्थ्यकर्मीको परामर्शको सेवा उपलब्ध भइरहने वडाध्यक्ष गैरेले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.