साउन ३१ बीरगंज ।
आफ्नै नातीको हत्याको आरोप लागेका हजुरवुवा र ठुलीआमा लाई पर्सा जिल्ला अदालतले पूर्पक्षकालागि जेल चलान गरेको छ ।
पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नं २ बैरिया बिर्ताका ताराचन्द साह र रिता देवी साहलाई साउन ३० गते अदालतले पूर्पक्षकालागि जेलमा राख्ने आदेश दिएको हो ।
बैरिया बिर्ताका शिवजी साहको छोरा ६ वर्षिय आयोग साहको असार ३१ गते साहको घरदेखी ३ सय मिटर उत्तर तर्फ रहेको पोखरिमा शव फेला परेको थियो ।
६ वर्षिया बालक साहलाई हजुरबुवा र ठुली आमा मिलेर घाँटी बटारी कर्तब्य गरि हत्या गरेको अनुसन्धानको क्रममा खुलेका पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धानका क्रममा फेला परेको दशी र प्रमाणको आधारमा सरकारी वकील मार्फत जिल्ला अदालतमा पेश गर्दा उनीहरुलाई पूर्पक्षमा राख्ने आदेश भएको हो ।
ताचाचन्द साह मृतक बालक आयोग साहका हजुरवुवा हुन भने रिता देवी ठुली आमा हुन । तर के कती कारणले बालकको हत्या गरिएको हो भन्ने कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया