logo

बारा जिल्लाका एसपी, कुँवर प्रहरी प्रधान कार्यालय तानिए

 इसीमाना सम्वाददाता     २०८३ सावन २३ गते ०७: ४९ मा प्रकाशित     400   पटक पढिएको

बीरगंज ।  जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी)नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइएको छ ।

 

केही आन्तरिक विषयमा सोधपुछ र छानबिन गर्नुपर्ने भएकाले उनलाई मुख्यालय तानिएको हो ।

 

प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले उनको विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले छानबिनका लागि उनलाई मुख्यालय बोलाइएको बताए ।

 

 प्रहरी प्रधान कार्यालयले एसपी कुँवरमाथि कुन विषयमा छानबिन सुरु गरेको हो भन्नेबारे आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यद्यपि, स्रोतका अनुसार उनीमाथि केही आन्तरिक प्रशासनिक वा आर्थिक मामिलामा उजुरी परेपछि सोधपुछका लागि बोलाइएको बुझिएको छ ।

 

एसपी  कुँवर  २०८२ मंसिर ५ गते मानव बेचबिखन अनुसन्धान ब्युरोबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय बारामा हाजिर हुन आएका थिए ।

 

संयोग कस्तो भने उनका पूर्ववर्ती सन्तोष तामाङलाई जिम्मेवारीबाट हटाएर कुँवरलाई बारा पठाइएको थियो । अहिले उनी पनि त्यस्तै बिवादमा परेर तानिएका छन ।

 

एसपी कुंवर प्रहरी संगठनभित्र प्रदेश नेतृत्वसँगको मतभेद र सीमा क्षेत्रमा तस्करी नियन्त्रणसँग सम्बन्धित विवादमा परेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.