logo

बीरगंज महानगरभित्र ८० प्रतिशत घुसखोरी नियन्त्रण गरेका छौः मेयर सरावगी

      10/27/2018 गते 00 00 मा प्रकाशित     1190   पटक पढिएको

बीरगंज १० कार्तिक ।

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले महानगर भित्र ८० प्रतिशत घुसखोरी बन्द भएको बताएका छन । बीरगंज महानगर र एकाउण्टवीलीटी ल्यावले शुक्रवार बीरगंजमा आयोजना गरेको  सुशासन प्रबर्द्धन गर्नका लागि वीरगञ्जमा आयोजित सत्यनिष्ठा सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

 

म दावाका साथ भन्छु कार्यालय भित्र ८० प्रतिशत घुसखोरी बन्द छ कार्यालय भन्दा बाहिर २० प्रतिशत घुसखोरीको जुन अवस्था छ त्यसलाई पनि अन्त्य गर्न सकिन्छ तर तपाईहरुको साथ चाहिन्छ ।

 

सरावगीले जनप्रतिनिधिहरुलाई भ्रष्टाचार बिरुद्धको यो अभियानमा साथ दिन समेत अपिल गरेका छन । उनले जे कुरामा ब्यक्तिको बिश्वास हुन्छ त्यो नै सत्य जस्तो लाग्ने गरेको बताए । उनले त्यो बिश्वास सत्य नहुन पनि सक्ने बताउदै अव आफनो सत्यनिष्ठाको बललाई मजबुत बनाउन आवश्यक रहको बताए ।

 

उनले आफूलाई बीरगंज महानगरपालिकाबाट आय आर्जक गर्नु पर्ने कुनै दरकार नरहेको प्रष्ट पार्दै आफनो सत्यनिष्ठालाई डग्न नदिने बताए । उनले काम गर्न अप्ठयारो रहेको तर्क गरे । स्थानीय तहको निर्वाचनलाई पार्टीको नियण्न्त्रण भन्दा पर राख्नु पर्ने तर्क राखेका सरवपागीले पार्टीका साथीहरुको अनावश्यक गनगनले समेत आफूलाई काममा अप्ठयारो आएको बताए ।

 

एक्लै भएपनि संघर्ष गरिरहन्छु कसैको नाजायज दवावका अगाडि आफनो सत्यनिष्ठालाई झूक्न दिन्न मेयर सरावगीले भने तपाई हामी जनताको सेवाकोलागि आएको हो त्यसैमा आफनो ध्यान केन्द्रीत  गर्नु पर्छ ।

मेयर सरावगीले बीरगंजलाई सुन्दर र हाम्रा भावी सन्ततीले मन पराउने शहरको रुपमा बिकास गर्ने चुनौती आफूहरुको सामु रहेको बताए । उनले आफूहरुको अगाडि भोलीको पुस्ताले गौरव गर्ने बीरगंज बनाउनुको कुनै बिकल्प नभएको बताए  उनले भने हामीले राम्रो बीरगंज बनाउन सकेनौ भने कसैले बनाउन सक्दैन । सरावगीले त्यसकोलागि आफैमा सदाचार पद्धतीलाई जीवनशैलीका रुपमा बिकाश गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

 

जनप्रतिनिधि र कर्मचारीहरुको सहयोग प्रशंसा गर्दै मेयर सरावगीले आउने दिनमा सुन्दर र समृद्ध बीरगंज बनाउने अभियानमा समाजका सबै तप्काका सहयोगको अपेक्षा गरिएको बताए ।

 

कार्यक्रममा बीरगंज महानगरका जनप्रतिनिधिहरुले आफनो कार्यकालको बाँकी दिन सत्यनिष्ठका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन । कार्यक्रममा सहभागि उनीहरुले बिनाकुनै आग्रह जनताको काम सम्पादन गर्ने प्रतिवद्धता जनाएका छन । समाजका बिभिन्न पेशाकर्मीले पनि आफनो ब्यवसायीक मर्यादाको दायरा भित्र रहेर आफनो पेशा ब्यवसाय संचालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

 

कार्यक्रममा इन्टिग्रिटी आइडल २०१६ बन्न सफल वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुषालले सदाचार र निष्ठाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

कार्यक्रमा बरिष्ठ पत्रकार चन्द्रकिशोर, उद्योगी गणेश लाठ, प्राध्यापक सुष्मा तिवारी र अकोराबका महासचिव गोविन्द देवकोटाले सुशासन र सदाचारका लागि मिडिया प्राज्ञ र ब्यवसायीहरुको भमिकाको बारेमा  समेत चर्चा गरेका थिए ।

 

कार्यक्रममा सहभागी जनप्रतिनीधि, सरकारी कर्मचारी, नागरिक समाज, पत्रकारहरुले सामूहिक रुपमा सदाचार र निष्ठाप्रति प्रतिबद्धता समेत जनाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.