logo

३६ घण्टे ड्युटी, भत्ता नपाएपछि  वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका पीजी डाक्टर आन्दोलनमा

 इसीमाना सम्वाददाता     २०८३ भदौ ३१ गते ०३: २९ मा प्रकाशित     90   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका करिब डेढ सय पीजी डाक्टर आन्दोलनमा उत्रिएका छन्। उनीहरूले निर्वाह भत्ता र पर्याप्त आरामको माग गरेका छन्।

 

पीजी डाक्टरहरूलाई अस्पतालको वार्ड, आकस्मिक कक्ष, ओपीडी लगायतका सेवामा नियमित खटाइने गरेको उनीहरूको भनाइ छ। तर काम गरेअनुसार निर्वाह भत्ता नदिएको उनीहरूले आरोप लगाएका छन्।

 

आन्दोलनरत डाक्टरका अनुसार उनीहरूलाई ३६ घण्टासम्म लगातार ड्युटीमा खटाइन्छ। ड्युटीपछि आराम गर्ने समयसमेत नदिएको उनीहरूको गुनासो छ।

 

एक पीजी डाक्टरले  “२४ घण्टा काम गरेपछि आराम दिनुपर्ने नियम छ। तर हामीलाई ३६ घण्टासम्म ड्युटीमा राखिन्छ। आराम पनि दिइँदैन।” भनेका छन ।

 

उनका अनुसार व्यक्तिगत कामका लागि बिदा लिँदा शनिबारको सार्वजनिक बिदासमेत गयल देखाउने गरी कलेज प्रशासनले नियम बनाएको छ।

 

सरकारले पीजी आवासीय चिकित्सकको निर्वाह भत्ता करिब ५९ हजार रुपैयाँ पुर्‍याए पनि आफूहरूले नपाएको उनीहरूको दाबी छ।

 

बिदा लिँदा समेत कलेज प्रशासनले सार्वजनिक बिदाको दिनलाई गयलमा राख्ने गरेको उनीहरूको आरोप छ।

 

पीजी डाक्टरहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

 

के छन माँगहरु 

 

१. आधारहीन मुद्दा खारेजः पहिलो वर्षका सात जना आवासीय चिकित्सकहरूका विरुद्ध दायर गरिएका सबै आधारहीन तथा बदलाको भावनाले प्रेरित       मुद्दाहरू तत्काल फिर्ता लिनुपर्ने ।


२. ड्युटीको समयसीमा निर्धारणः चिकित्सा शिक्षा आयोग (आइओएम) को मापदण्ड र सिफारिस अनुसार लगातार २४ घण्टाको ड्युटीपछि अनिवार्य रूपमा अफ ड्युटी (विश्राम) को व्यवस्था गरिनुपर्ने, जसले चिकित्सक र बिरामी दुवैको सुरक्षा सुनिश्चित गरोस् ।


३.नियमित तलब वितरणः नेपाल सरकारसँग भएको सहमति बमोजिम आवासीय चिकित्सकहरूको ८औँ तहको तलब कुनै पनि ढिलासुस्ती बिना नियमित रूपमा समयमै भुक्तानी हुनुपर्ने ।


४.कारबाहीको धम्कीमा रोकः यस आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने कुनै पनि चिकित्सकमाथि तलब कटौती वा अन्य कुनै किसिमको भेदभावपूर्ण कारबाही नगरिने लिखित ग्यारेन्टी हुनुपर्ने ।


५.भत्ता कटौतीसम्बन्धी नीति सच्याउनेः शुक्रबार वा आइतबार बिदा लिँदा मानव संसाधन (एचआर) विभागद्वारा जबरजस्ती अनुपस्थित देखाई शनिबारको भत्ता कटौती गर्ने अनुचित नीति खारेज गरिनुपर्ने र यसअघि काटिएको भत्ता फिर्ता हुनुपर्ने ।


.शैक्षिक धम्की बन्दः प्रशासन वा संकायका तर्फबाट आवासीय चिकित्सकहरूलाई दिइने शैक्षिक क्षति वा फेल गराउने धम्कीपूर्ण चेतावनीहरू पूर्ण रूपमा बन्द गरिनुपर्ने, र शैक्षिक मूल्यांकनलाई जायज आन्दोलन दबाउने हतियार बनाउन नपाइने ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.