logo

समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु प्रदेशमा हेल्लो सिएम एप सार्वजनीक

      10/28/2018 गते 00 00 मा प्रकाशित     875   पटक पढिएको

जनकपुर ११ कार्तिक । 
प्रदेश २ मा एक बिशेष समारोहकावीच मुख्यमंत्री लालबाबु राउतले समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्धघाटन गरेका छन । गृहमंत्रालयको पहलमा यो कार्यक्रम देशब्यापी रुपमा आज एकै पटक उृद्धघाटन गरिएको हो ।

 

बिकास र सुरक्षाको अवधारणलाई ब्यवहारमा उतार्नकालागि समुदाय र प्रहरीको साझेदारीलाई अगाडि सारिएको हो । प्रदेश नं २ मा जनकपुरमा यो कार्यक्रमको मुख्यमंत्री राउतले उद्धघाटन गरेका हुन । यही कार्यक्रममा मुख्यमंत्री राउतले प्रदेश सरकारले अपराध न्यूनीकरणकालागि ल्याएको “हेल्लो सिएम” नामक एप पनि सार्वजनीक गरेका छन । 


कार्यक्रममा  मुख्यमन्त्री राउतले बढ्दै गएको महिला हिंसा सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्न “हेल्लो सिएम” एप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सिएम एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरि सचेतनामुलक कार्यक्रम अभियान सञ्चालन गरिने बताए ।

 

हेल्लो सिएम एपमा आफुसँग भएका घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने सुविधा रहेको छ ।

यो एप एन्ड्रोइड मोवाइलमा डाउनलोड गरि सकेपछि सिएम एपलाई अन गरेर आफनो मोबाइल तीनपटक हलाएपछि मात्रै नजिकको प्रहरी  कार्यालयमा इमर्जेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशन समेत देखाउने व्यवस्था रहेको एपका निर्माता इन्जिनियर आदित्य राजले जानकारी गराए ।


यसैवीच पर्सा जिल्लामा पनि समुदाय प्रहरी साझेदारी कार्यक्रमको पर्सा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद अन्सारीले उद्धघाटन गरेका छन ।“ हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी” यो अभियानको मुख्य नारा रहेको छ ।

नागरिक केन्द्रीत स्वच्छ र ब्यवसायिक प्रहरीको बिकासकालागि यो अभियान चलाईएको बताइएको छ । यो कार्यक्रमको जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एउटा समिति रहने छ ।

 

त्यसै गरि पालिका स्तरमा अध्यक्षको अध्यक्षतामा र वडा र टोल अनी बिद्यालय स्तरमा सम्पर्क समितिको रुपमा रहने छ । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले अपराध न्यूनीकरण गर्नमा बिना वर्दीको प्रहरीको रुपमा रहेको नागरिकको भूमिका महत्वपूर्ण हुने बताए । उनले नागरिकले पनि गलत गर्नेलाई प्रोत्साहन दिन नहुने र प्रहरीले गलत गरेमा नागरिकले सहयोग गर्न नपर्ने कुरामा ध्यान दिन आग्रह गरे । 


समुदाय प्रहरी साझेदारी अभियानको बिषयमा पर्साका प्रहरी प्रमुख रेवती ढकालले प्रकाश पारेका थिए । स्थानीय तहको तर्फबाट छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले आफनो प्रतिवद्धता जनाएका थिए । कार्यक्रमको संचालन डिएसपी मान वहादुर राईले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.