कलैया १५ कार्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले ३४ किलो लागूऔषध गाँजासहित एक जना भारतीय नागरिक र एउटा गाडी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित पूर्वी चम्पारण मोतिहारीका २३ वर्षीय शशिकान्त मिश्र छन् ।
उनलाई बारास्थित सूवर्ण गाउँपालिका–३, लंगडा टोलमा ईलाका प्रहरी कार्यालय, कवहीगोठबाट खटिएको टोलीले पक्राउ गरेको बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले बताए ।
उनका अनुसार मिश्रले सेतो कारको सिटमुनी फल्स बटम बनाएर लागूऔषध ल्याएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया