logo

प्रकाश मिलनसार र व्यवहारिक युवाः प्रधानमन्त्री ओली

      11/19/2018 गते 00 00 मा प्रकाशित     935   पटक पढिएको

ललितपुर,३ मसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका छन  ।
 नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको निधन भएको एक बर्ष पुगेको अवसरमा  प्रचण्ड निवास खुमलटरमा आयोजित स्मृति सभामा प्रधानमन्त्री ओलीले  यस्तो बताएका हुन ।


 “महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु सजिलो छैन प्रधानमन्त्री ओलीले भने “विभिन्न मानिसका विभिन्न माग,आक्रोस सुनेर त्यसको निरुपण पनि गरिदिनु पर्ने हुन्छ । तर त्यस जिम्मेवारीलाई प्रकाशले कुशलतापूवर्क व्यवस्थापन गरेका थिए ।”


 प्रकाश दाहालको मृत्यूको खबर आफूले चुनावी दौडानमा भएका बखत आफ्नै निर्वाचन क्षेत्र झापामा सुनेको प्रधानमन्त्रीले स्मरण गरे ।

प्रकाशको असामयिक निधनले प्रचण्ड परिवार,पार्टी र राष्ट्रलाई नै क्षती पुगेको प्रधानमन्त्री ओलीको धारणा थियो । “उमेर,अपेक्षा,समय बाँकी हुंदै भएको निधन धेरै पिडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो” प्रधानमन्त्री ओलीले भने “तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणीय छ ।”


कार्यक्रममा प्रकाशको स्मृतिमा प्रकाशित प्रकाश दाहाल स्मारिका उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्र रुपमा विमोचन गरे ।


 प्रकाश दाहालको गत वर्ष मसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा निधन भएको थियो । 

यसैवीच बीरगंजमा पनि नेकपाले प्रकाश दाहालको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीको जिल्ला कार्यालय मनमोहन नगर रामगढवामा आयोजना गरिएको कार्यक्रममा सासद शेख चाँद तारा नेकपाका नेताहरु प्रभू हजरा ,बिजय महतो  छोटेलाल यादव हरिमण्डल लगायतले स्व. प्रकाशका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सभापतित्व पार्टीका केन्द्रीय सदस्य रामचन्द्र साहले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.