logo

सञ्चार क्षेत्रका माग तत्काल सम्बोधन गर्न सरकारलाई संवाद गर्न साँसद पन्तको आग्रह

 इसीमाना सम्वाददाता     २०८३ असोज ७ गते ०७: ४३ मा प्रकाशित     40   पटक पढिएको

काठमाडौं । नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाहरूले सरकारका पछिल्ला निर्णयप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिनुपरेको विषयप्रति  सांस हरि पन्तले सरकारको ध्यानाकर्षण गराएका छन्।

 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले पत्रकार तथा सञ्चारकर्मीहरू आफ्ना पेसागत हकहित र मागका लागि सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु दुःखद् भएको बताए।

 

पर्साको क्षेत्र नं १ बाट रास्वपाको तर्फबाट बिजयी साँसद पन्तले  विशेषगरी स्वरोजगारमूलक तथा साना लगानीका सञ्चारमाध्यमलाई राहतस्वरूप उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएको, राष्ट्रिय समाचार समितिले आमसञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको समाचार सेवाको शुल्कमा अस्वाभाविक वृद्धि गरिएको तथा सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यम र सामुदायिक रेडियोलाई न्यायोचित रूपमा समावेश नगरिएको विषय गम्भीर रहेको बताए।

 

यस्ता नीति तथा निर्णयले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको स्वतन्त्र सञ्चार क्षेत्रलाई सबल बनाउनुको सट्टा थप संकटमा पार्ने उनको भनाइ थियो।

 

सञ्चार क्षेत्रका समस्यालाई बेवास्ता नगरी आन्दोलनरत नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाहरूसँग तत्काल संवाद गरी उनीहरूले उठाएका जायज माग सम्बोधन गर्न उनले सरकारसँग आग्रह गरे।

 

‘सञ्चार क्षेत्रलाई संकटमा पार्ने होइन, संरक्षण र सबलीकरण गर्ने नीति राज्यले लिनुपर्छ,’ उनले भने, ‘आन्दोलनरत पत्रकार महासंघलगायतका संस्थासँग अविलम्ब संवाद गरी जायज मागहरू यथाशीघ्र सम्बोधन गरिनुपर्छ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.