वीरगञ्ज ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप यादवले चिया सम्बादलाई निरन्तरता दिदै आइतवार वीरगञ्ज महानगरपालिका–११ र १३ का स्थानीय अगुवा, नेता तथा कार्यकर्तासँग छलफल गरेका छन ।
मुस्लिम समुदायको बाक्लो जनघनत्व रहेका दुबै वडाका मुस्लिम समुदायका समस्या, टोल–बस्तीका स्थानीय समस्या तथा जनतासँग जोडिएका विषयमा छलफल भएको छ। सहभागीहरूले आफ्नो क्षेत्रका समस्या र आवश्यकताबारे सुझावसमेत दिएका थिए।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पनि उपस्थिति थियो। स्थानीय समस्या समाधान, जनताको चासो र आगामी दिनमा गर्नुपर्ने कामबारे सहभागीबीच कुराकानी भएको जनाइएको छ।
छलफलमा आगामी राजनीतिक तथा समसामयिक विषयसमेत उठेको बताइएको छ। स्थानीय अगुवा तथा कार्यकर्तासँग प्रत्यक्ष भेटेर उनीहरूका कुरा सुन्ने उद्देश्यले चिया सम्वादमा सहभागि हुन थालेको पूर्वमन्त्री यादवले बताए ।
यस्तो भेटघाटलाई स्थानीय समस्या बुझ्ने संवादसँगै आगामी राजनीतिक सहकार्य र सम्बन्धका दृष्टिले पनि चासोका रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया