logo

नयाँ पुस्ताका पत्रकारलाई जोड्दै क्रियाशील युवा पत्रकार मञ्च

 इसीमाना सम्वाददाता     २०८३ असोज ११ गते ०८: ५४ मा प्रकाशित     101   पटक पढिएको

वीरगञ्ज । पत्रकारितामा सक्रिय नयाँ पुस्तालाई संगठित गर्दै व्यावसायिक सहकार्य र खोजमूलक पत्रकारितालाई अघि बढाउने उद्देश्यसहित क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गरेको छ।

May be an image of one or more people and text

मञ्चमा १० जना पत्रकार औपचारिक रूपमा आबद्ध भएका छन्। वीरगञ्जस्थित क्लासिक बैंकेट होटलमा आइतबार आयोजित कार्यक्रममा नवआबद्ध पत्रकारहरूलाई स्वागत तथा प्रमाणपत्र प्रदान गरिएको हो।

 

अभिलाष गुप्ता, रश्मिराज भण्डारी, सन्तोष कुशवाहा, अर्जुन चौधरी, प्रतीक्षा श्रेष्ठ, पूजा साह, जितेन्द्र साह, भगवानप्रसाद कुर्मी ९कुणाल० र पुनम चौधरीलगायत पत्रकार मञ्चमा आबद्ध भएका हुन्।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछानेले नवआबद्ध पत्रकारहरूलाई गम्छा तथा टीका लगाएर प्रमाणपत्र प्रदान गरे।

May be an image of one or more people, dais and text

उनले  पत्रकारलाई एउटै मञ्चमा जोडेर व्यावसायिक क्षमता अभिवृद्धि तथा सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताए ।

 

लामिछानेले पत्रकारितामा प्रविधिको प्रयोग बढ्दै गए पनि त्यसले खोजमूलक पत्रकारिताको आवश्यकता घटाएको नभई अझ बढाएको बताए ।

 

 तथ्यमा आधारित, जनसरोकारका र अनुसन्धानात्मक समाचार उत्पादनलाई प्राथमिकता दिन उनले नयाँ पुस्ताका पत्रकारलाई आग्रह गरे।

May be an image of one or more people, dais and text

सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बनाउने गतिविधिप्रति ध्यानाकर्षण गराउँदै उनले लोककल्याणकारी विज्ञापनको विषयमा नेपाल पत्रकार महासंघले उठाउँदै आएको सवालप्रति पनि चर्चा गरे ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले बदलिँदो परिवेशसँगै पत्रकारहरूले भोगिरहेका चुनौतीबारे चर्चा गरे।

 

 पत्रकारको पेशागत सुरक्षा, श्रमको सम्मान र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकारबीच सहकार्य र एकता आवश्यक रहेको उनले बताए ।

May be an image of dais and text

महासंघ मधेस प्रदेशका कार्यसमिति सदस्य अजयकुमार साहले मञ्चलाई  दलीय प्रभावबाट मुक्त राख्दै स्वतन्त्र र व्यावसायिक पत्रकारिताको अभ्यास गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

 

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारिताका साझा सवालमा मञ्चसँग सहकार्य गरेर अघि बढ्न महासंघ तयार रहेको बताए ।

May be an image of one or more people, dais and text

समाजवादी प्रेस संगठन नेपालका मधेस प्रदेश अध्यक्ष मनोज पटेल र प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगरले पत्रकारहरू विभिन्न क्षेत्रबाट दबाबमा पर्ने गरेको उल्लेख गर्दै पेशागत अधिकार र प्रेस स्वतन्त्रताका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

 

मञ्चका सल्लाहकार तथा वरिष्ठ पत्रकार प्रताप श्रेष्ठले कृत्रिम बौद्धिकता (एआई)को बढ्दो प्रयोगले पत्रकारितामा अवसरसँगै नयाँ चुनौती पनि थपेको बताए ।

 

 एआईको प्रयोगबाट पत्रकारिता सहज भए पनि समाचारको मौलिकता, तथ्य परीक्षण र खोजमूलक क्षमतालाई कमजोर बन्न दिन नहुने बताए।

May be an image of one or more people, dais and text

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव तथा प्रेस युनियनका अध्यक्ष विजय चौहान, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भुकुमार सुमन, पत्रकार जगत राई, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, महासचिव अमित आलोक, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, समाजसेवी प्रकाश उपाध्यायलगायतले नवआबद्ध पत्रकारलाई शुभकामना दिए ।

 

नवआबद्ध पत्रकार पूजा साहले अनुभवी पत्रकारबाट सिक्ने, नयाँ सीप विकास गर्ने र सहकार्य गर्दै अघि बढ्ने उद्देश्यले मञ्चमा आबद्ध भएको बताइन ।

 

मञ्चका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वीरेन्द्र साहले स्वागत मन्तव्य राखेका थिए थियो भने महासचिव राकेश कुमार साहले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा मञ्चका पदाधिकारी, सदस्य तथा पत्रकारहरूको उल्लेख्य सहभागिता थियो। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.