logo

भारतको मुजफ्फरपुरबाट उद्धार गरिएकी नेपाली महिलाको पारिवारिक पुनर्मिलन भयो सफल

 इसीमाना सम्वाददाता     २०८३ असोज २ गते ०७: २९ मा प्रकाशित     62   पटक पढिएको

वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्सा र मानवसेवा आश्रम वीरगञ्जको समन्वय तथा सहकार्यमा   एक जना नेपाली महिलालाई परिवारमा पूर्नमिलन गराइएको छ ।  

 

भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहेकी ति महिलालाई भाद्र २७ गते शनिबार उद्धार गरी वीरगञ्ज ल्याइएको थियो।

 

भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा तथा मानवसेवा आश्रम बीरगंजको संयुक्त प्रयास, समन्वय र सहकार्यमा उनको  उद्धार सम्भव भएको हो।

 

वीरगञ्ज ल्याइएपछि उनलाई आवश्यक हेरचाह तथा संरक्षण प्रदान गर्दै  परिवारसँग सम्पर्क र समन्वय गरिएको थियो।

 

उद्धारपश्चात गरिएको निरन्तर प्रयास तथा पारिवारिक समन्वयबाट उनका बुवासँग सम्पर्क स्थापित भएपछि आज उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक  पवनकुमार भट्टराई  प्रहरी नायब उपरीक्षक चक्र मल्ल तथा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता  देवेश गुप्ताको उपस्थितिमा  बुवाको जिम्मा लगाइएको छ।

 

यससँगै लामो समयदेखि परिवारबाट टाढा रहेकी ति महिलको  सफल पारिवारिक पुनर्मिलन भएको छ।

 

यस मानवीय कार्यमा सहयोग, समन्वय तथा सहकार्य गर्नुहुने भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सम्पूर्ण सहयोगीहरूप्रति मानवसेवा आश्रम हार्दिक आभार व्यक्त गरेको छ ।।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.