logo

बिद्यालय जादै गरेकी छात्रा उपर खुकुरी प्रहार

      12/24/2018 गते 00 00 मा प्रकाशित     792   पटक पढिएको

बीरगंज ९ पुष
पर्सागढी  नगरपालिका वडा नं १ मा १८ वर्षिया सकुन्तला थारुलाई खुकुरीले आक्रमण गरिएको छ । बिहान साढे पाँच बजे आफनो घरबाट वडा नं ३ मा  उच्च माविमा अध्ययन गर्नजादा उनीमाथि आक्रमण भएको हो ।

 

उनलाई सोही ठाउका १८ वर्षिय जयकिशोर चौधरीले पिपरोध भन्ने ठाउँमा खुकुरी प्रहार गरेका हुन । खुकुरी प्रहारका कारण सकुन्तलाको देब्रे साप्रोमा गहिरो घाउ भएको उपचारमा संलग्न चिकित्सक डा. प्रमोद कुशवाहाले बताए।

 

उनको अनुहारमा पनि खुकुरी प्रहारका कारण चोट लागेको छ । बीरगंजको नेशनल मेडिक कलेजमा उपचरार्थ भर्ना भएकी थारुको अवस्था गम्भिर रहेको छ ।  


खुकुरी प्रहार गर्ने चौधरी पनि प्रहरी नियन्त्रणमा रहेका छन । उनी बिरुद्ध आवश्यक अनुसन्धान भइरहेको पर्साका डिएसपी मान बहादुर राईले बताए । प्रहरीले उनले चलाएको धारिलो हतियार समेत नियन्त्रणमा लिएको छ ।  


सोही नगरपालिकाको वडा नं ३ मा रहेको जनत उच्च माविमाको कक्षा ११ मा अध्ययनरत शकुन्ताला आफना साहथीहरु सहित बिद्यालय जादै थिइन । उनलाई पिपरोधमा छुरा प्रहार भएको उनका पिता राजकपुर खवासले बताए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.