logo

कुरितीका बिरुद्ध पटेर्वाको गादीमा जागरण सभा सम्पन्न, दाइजो नलिन अपिल

      1/10/2019 गते 00 00 मा प्रकाशित     927   पटक पढिएको

बीरगंज २६ पुष । 
कुरिती बिरुद्धको जागरण अभियान पटेर्वा सुगौलीको वडा नं ५ गादीको रंगपुरमा बिहिवार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष हरिनारयण चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 


जिल्ला प्रहरी कार्यालय पसार्का प्रमुख रेवती ढकालले अपराधको न्यूनीकरणकालागि समाजिक सचेतना आफैमा महत्वपूर्ण रहेको बताए । उनले अपराध हुन नदिने अभिप्रायले नागरिक प्रहरी साझेदारीको अवधारणा अगाडि सारएिको प्रष्ट पारे ।

 

नागरिकको सुरक्षामा लागनु पर्ने प्रहरी नाजायज काममा लागेको छ भने पनि त्यस्तो सूचना आफूलाई उपलब्ध गराउन उनले आग्रह गरे ।


नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले धर्म सस्कार र संस्कृतिका आधारमा दाइजोप्रथालाई समेत अनैतीक भनिएको चर्चा गरे । उनले बिभिन्न धार्मिक सम्प्रदाय भित्र दाइजोकाबारेमा उल्लेख गरिएका बिषयमा चर्चा गरेका थिए ।

 

उनले दाइजोको नाममा प्राप्त गरेको सम्पतीले जीवन नचल्ने चर्चा गर्दै अपराधको जननी दाइजोलाई समाजबाट निर्मूल पार्नु पर्ने बिचार ब्यक्त गरे । पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले बुहारीलाई पनि छोरीको दर्जामा राखेर ब्यवहार गरिनु पर्नेमा जोड दिइन ।

 

कार्यक्रममा कालीका माई गाउँपालिका वडा नं ५ बीरन्चीवर्वाका अध्यष पवन तिवारीले कुनै कालखण्डमा हाम्राृ रिती रिवाजको रुपमा रहेको दाइजो आजको दिनमा सन्र्दभहिन भएको बताए । उनले समाजिक शान्तिमा खलल पु¥याउनेयस्ता बिषयहरु स्थानीय सरकारको न्यायीक समिति समक्ष लैजान समेत सुझाएका थिए । 


पत्रकार लक्ष्मी खरेलले संचालन गरेको कार्यक्रममा भोजपुरी गायक सुनिल पडिंतले गीतका माध्यमले सहभागीलाई मनोरञ्जन गराउनका साथै सन्देश समेत प्रवाह गरेका थिए । 

 


कार्यक्रममा नाटकका माध्यमले नशा सेवनका बेफाइदा,कानूनले गर्न नहुने भनेका गाँजा जस्ता लागूऔषधको कारोवार गर्दा भोग्नु परेको समस्या ,दाइजोका कारण समाजमा हुने अपराधका बिषयमा कलाकारहरुले प्रष्टयाएका थिए । 

 


कार्यक्रममा वडा नं २ का वडाध्यषले धन्यवाद ज्ञापन गरेका थिए भने गाउाँपालिकाका उपाध्यष ममता महतोले स्वागत गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.