logo

नेपाललाई बिदेशी फिल्मको छायांकनकेन्द्र बनाइनु पर्छः राष्ट्रपती भण्डारी

      11/7/2019 गते 00 00 मा प्रकाशित     763   पटक पढिएको

बीरगंज २१ कार्तिक । 
राष्ट्रपती बिद्यादेवी भण्डारीले नेपाललाई नेपाली मात्र होइन बिदेशी फिल्मको समेत छायाकंनको केन्द्र बनाउनु पर्नेमा जोड दिनु भएको छ । नेपाली चलचित्र क्षेत्रले ५३  वर्ष पार गरि ५४ वर्ष प्रवेश गरेको अवसरमा बीरगंजमा आयोजना गरिएको चलचित्र स्वर्णिम महोत्सवको उद्धघाटन गर्दै राष्ट्रपती भण्डारीले लोकतन्त्रको उदयसंग आएको उदार समाजमा बिभिन्न भाषा भाषी र संस्कृतिको सहभागितामा नेपाली फिल्महरु बन्दै गएकोमा सन्तोष ब्यक्त गर्नु भयो ।

 

नेपाल चलचित्र निर्माता संघको आयोजनामा भएको महोत्सवको उद्धघाटन समारोहमा राष्ट्रपती भण्डारीले नेपाली रजत पटले लामो कालखण्डको सघर्ष पछि नेपाली समाजाको चित्र र संस्कृति बिश्व सामु प्रर्दशन गर्न सकेको प्रति गौरव गनुपर्ने बताउनु भयो । 


उहाँले सर्जकहरुलाई राष्ट्रको गहनाको संज्ञा दिदै उहाँहरुको हकहित संरक्षण सामाजिक सुरक्षाको प्रत्याभूती सरकारको समसामयिक नीति रहेको प्रष्ट पार्नु भयो । नेपाली चलचित्र क्षेत्रको बिकासकालागि अझ बढी प्रविध मैत्री तालिम र भौतीक पूर्वाधार निर्माणमा ध्यान जानु पर्ने सुझाव दिनु भयो । 


उहाँले कला संस्कृतिको माध्यमले शान्ति सदभाव पर्यटन बिकास र आर्थिक समृद्धिका बाहकको रुपमा कलाकारहरु स्थापित हुनु पर्नेमा जोड दिनु भयो । 
उहाँले चलचित्र मनोरञ्जनको साधन मात्र नभई कुप्रथाको अन्त्य बेटी बचाऔ बेटी पढाऔ जस्ता अर्थपूर्ण बिषमा चलचित्रको निर्माण गरेर सभ्य समाज निर्माणमा योगदान दिन सक्ने समेत हुनु पर्नेमा जोड दिनु भयो । 


नेपाल उधोग वणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा सूचना तथा प्रविधि मंत्री गोकुल बास्कोटा प्रदेश २ का मुख्यमंत्री म.लालबाबु राउत,बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 


तीन दिन सम्म चल्ने महोत्सवमा भाग लिन नेपाली सिनेजगतका चर्चित कलाकारहरुको जमघट बीरगंजमा भएको छ । बरिष्ठ कलाकार निर शाह,हरिवंश बसुन्धरा भूसाल,भूवन चन्द आचार्य शिव श्रेष्ठ भूवन के.सी. सरोज खनाल धिरेन शाक्य दीपक राज गिरी ,दीपा श्री ,निता ढुगाना ,निरुता सिंह,वर्षा राउत राजा शम्भूजीत बासकोटा ,चेतन सापकोटा,राजेन्द्र लगायत दर्जनौ कलाकारहरुको सहभागिता रहेको छ । 


यस अघि कलाकारहरुको सहभागितामा बीरगंजमा बिहानर प्रभात फेरी निकालिएको थियो । बीरगंजको घण्टाघरबाट निस्किएको प्रभात यात्रा आदर्शनगर रंगशालामा पुगेको थियो । 
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.