logo

सीमा विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछःप्रम ओली

      11/9/2019 गते 00 00 मा प्रकाशित     846   पटक पढिएको

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपीशर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भूभाग  हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको बताउनुभएको छ ।


प्रधानमन्त्रीओलीले आज कालापानी क्षेत्रको सिमाविवादको  बिषयमा आयोजना गर्नुभएको सर्वपक्षीय बैठकमा सो कुरा बताउनुभएको हो । बैठकमा सहभागी दलका शिर्ष नेता, पूर्व प्रधानमन्त्री ,पूर्व परराष्ट मन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानकालागि सरकारले कुटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने जनाउनुभएको छ ।


“सरकार  यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक  रुपमा सिमाका समस्या समाधानगर्न  अग्रसर रहेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ सिमा विवादका समस्या समाधान गर्न   राष्ट्र नै एकजुट हुनुपर्दछ ।”


प्रधानमन्त्रीओलीले  भन्नुभयो “भारतको व्यवहारमा परिवर्तन आएको छ ।हिजो सिमानामा बाटो र बाँधबन्थे आजखोल्ने क्रम छ । त्यसैले समस्या समाधानहुनेमा म आशावादी छु । ”


“हामी समग्र दक्षिण एशियामा समृद्धि,विकास र रुपान्तरण देख्न चाहन्छौं । त्यसैले यस क्षेत्रका
मुलुकहरुले  यस्ता विवादहरुमा अल्झिनु हुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो  “त्यसैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरु सहित कालापानी क्षेत्र  नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रालागि मात्र हैन भारतकालागि पनि आवश्यक छ ।”


प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा हिजोका शैलीलागु नहुने बताउनुभएको छ । “हिजोका भाषा र शैली स्विकार्य छैनन् र आज सहनु पर्ने आवश्यकता पनि छैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ अब समग्र पक्षको छलफल गरिन्छ । यस बिषयमा सरकार संवदेनशिल छ । ”


प्रधानमन्त्री ओलीले हालको सिमाविवादको बिषयमा कसैलाई उत्ताउला अभिव्यक्ति नदिन निर्देशन दिनुभएको छ । “उत्ताउला अभिव्यक्तिले  वातावरण बिगार्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य,तथ्यांक राखेर सम्झाउने र आफ्नो भूभागफिर्ता लिन्छौं ।”
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.