logo

घोषणामा सीमित प्लाष्टिक मुक्त बीरगंज ब्यवहारमा उतार्न अभियान शुरु

      11/10/2019 गते 00 00 मा प्रकाशित     1023   पटक पढिएको

बीरगंज २४ कार्तिक  । बीरगंज महानगरपालिकाले बीरगंजलाई प्लाष्टिक मुक्त घोषणा गरेको एघार महिना १० दिन भएको छ । तर बीरगंज प्लाष्टिक मुक्त भएन । अभियान चलाएर घोषणा भएको भए त्यसले एउटा अर्थ राख्थ्यो ।तर पूर्व तयारीको अभावमा घोषणाकालागि घोषणा गर्दा यस्तो अवस्था आयो ।

 

महानगरको निर्लज्जताको कारण बीरगंज प्लाष्टिक मुक्त नभएको भन्दै केही समाजिक अगुवाहरुले प्लाष्टिक मुक्त बीरगंजको अभियान शुरु गरेका छन । अभियानले महानगरलाई नै घचघच्याउने अभियानकर्ताहरुको भनाई छ ।

 

 प्लाष्टिकको प्रयोगलाई कम गर्दै लैजानकालागि नागरिकको मानसिकतामै परिर्वतन आउनु पर्ने भएकोले नागरिक दायित्वको समेत खोजी गर्न अभियान चलाईएको शिवनाथ यादवले बताउनु भयो ।

 

प्लाष्टिकको प्रयोग कम गर्नु भनेको मान्छेको आनी बानीमा परिर्वतन गर्नु हो । यो काम सजिलो त होइन तर गर्न नसकिने पनि होइन अर्का अभियान्ता राजन श्रीवास्तवको भनाई छ ।  

 

आफनो समाजको हित र प्रगतीकालागि समाजका ब्यक्तिहरुले पहलकदमी लिन जरुरी  छ । त्यसको एउटा रुप प्लाष्टिक मुक्त अभियान रहेको निरज पिठाकोटेले बताउनु भयो ।   

बीरगंज महानगरले साउन १ गते देखि बीरगंजको सरसफाईको काम नीजि क्षेत्रलाई दिएको छ । नीजि क्षेत्रले काम गर्दा जथाभावी फोहर गर्नेलाई दण्ड जरिवाना समेत गर्न सक्ने गरि महानगरले अख्तियारी दिएको छ ।

 

जथाभावी फोहर गर्नेलाई पाँच हजार देखि एक लाख रुपैया सम्म जरिवाना गर्ने प्रावधान रहेको छ । दण्ड जरिवाना संग संगै नागरिक समाजले समेत सफा शहरका बिषयमा काम गर्दा त्यसको प्रभाव राम्रो हुने भएकोले बीरगंज महानगरले बिभिन्न सरोकारवाला संघ संस्थासंग मिलेर बीरगंज शहरलाई प्लाष्टिक मुक्त बनाउने अभियान चलाउनु पर्ने अभियानकर्ताहरुको माँग छ । 

 


अभियानकै क्रममा राम्रो बीरगंज हाम्रो बीरगंज अभियानले आइतवार साँझ ४ बजे माइस्थानमा प्लाष्टिक मुक्त शहर बनाउन आग्रह गर्दै मानव साङ्लो प्रर्दशन गर्ने तयारी गरेको अर्का अभियान्ता राकेश यादवले जानकारी दिनु भयो 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.